फाल्गुनमा लाइसेन्सको नतिजा र वैशाखमा स्थायी शिक्षकको विज्ञापन गर्ने तयारी

TSC
TSC
January 18, 5:00

काठमाण्डौं, ४ माघ - शिक्षक सेवा आयोगले  गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स)को नतिजा आगामी फाल्गुन भित्र प्रकाशन गर्ने तयारी गरेको छ । त्यसका लागि जतिसक्दो छिटो लाइसेन्सको नतिजा सार्वजनिक गर्ने तयारीमा आयोग रहेको आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले जनाकारी दिए । 
उनका अनुसार फागुनभित्र शिक्षक लाइसेन्सको माध्यमिक, निम्नमाध्यामि र प्राथमिक गरी तीनै तहको नतिजा सार्वजनिक गरिसक्ने गरी तयारी भइरहेको छ । 
लाइसेन्सको नतिजा लगत्तै स्थायी शिक्षकको विज्ञापन
लाइसेन्सको नतिजा सार्वजनिक हुने बित्तिकै स्थायी शिक्षकका लागि विज्ञापन गरिने पनि आयोगको भनाई छ । 
त्यसका लागि आगामी वैशाखभित्र तीनै तहको स्थायी शिक्षकका लागि विज्ञापन गर्ने मोटामोटी आयोगको तयारी छ ।  अध्यापन अनुमति पत्र (लाईसेन्स)को नतिजा सार्वजनिक गरेको केही महिनाभित्रै आयोगले शिक्षकको खुला तर्फको विज्ञापन गर्ने तयारी गरेको हो । 
आचार्यले भने, ‘हामीले तहगतरुपमा पहिले माध्यामि त्यसपछि क्रमशः निम्नमाध्यामि र प्राथमिक तहको विज्ञापन गर्ने अवस्था पनि हुन सक्ला तर, अब यो लाइसेन्सको नतिजा आइसकेपछि नयाँ उम्मेदवार पनि थपिन्छन्’, उनले अगाडी भने, ‘अहिले आयोगको पनि त्यही सबैलाई समेट्ने योजना नै रहेको छ ।’ उनले अहिले आयोग शिक्षकको संशोधित नयाँ पाठ्यक्रम निमार्णको तयारीमा जुटेकाले कम्तीमा आगामी वैशाखभित्रमा विज्ञापन गरिने बताए ।
‘मिति नै तोक्न अलि गाह्रो नै हुन्छ जे होस् आगामी वैशाखभित्र विज्ञापन गर्ने तयारीमा आयोग लागि रहेको छ’, उनले भने, ‘अहिले संशोधित नयाँ पाठ्यक्रम अनुसार आयोग पाठ्यक्रम निमार्णको प्रक्रिया लागेको छ ।’
सूचना अधिकारी आचार्यले पहिलो चरणको परीक्षामा  उत्तीर्ण हुने उम्मेदवारहरूले मात्रै दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुन पाउने बताए । शिक्षक सेवा आयोगको संशोधित नियमावली अनुसार अब दुई सय पूर्णाङ्कको परीक्षा हुने भन्दै उनले अब पहिलो चरणको सामान्य परीक्षाले योग्य उम्मेदवार छान्न सहयोग पुग्ने बताए । ‘अहिले फेरी शिक्षक सेवाको संशोधित नियमावलीमा सामान्य परीक्षाको कुरा आयो, पहिलो चरणमा हामीले अब एक सय पूर्णाङ्कको सामान्य परीक्षा लिन्छौ’, सूचना अधिकारी आचार्यले भने, ‘यो सामान्य बस्तुगत परीक्षामा ५० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था छ, अनि त्यसमा उत्तीर्ण हुने उम्मेदवारहरू दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुन पाउँछन् ।’
 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा