मातृभाषा शिक्षा शिक्षक महासंघको सुदूरपश्चिम संयोजकमा जोशी

Gita Joshi
Gita Joshi
February 15, 7:40

धनगढी, ३ फागुन - मातृभाषा शिक्षा शिक्षक महासंघ सुदुरपश्चिम प्रदेश संयोजकमा गीता जोशी चयन हुनुभएको छ । मातृभाषामा शिक्षालाई प्रभावकारी ढंगमा कार्यान्वयनमा लैजाने उद्देश्यसहित् देशभरका शिक्षकहरु संगठित् भएका छन् । विद्यालय तहमा संविधानले निर्दिष्ट गरेबमोजिम मातृभाषामा सहज ढंगबाट शिक्षा उपलब्ध गराउने हेतुका साथ देशभरका शिक्षकहरु ‘मातृभाषा शिक्षा शिक्षक महासंघ’ गठन गर्दै संगठित् भएका हुन् ।
जोशी हाल डोटीको सिलगढी स्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयमा प्रधानाध्यापक हुनुहुन्छ । महासंघको केन्द्रीय समितिले सबै प्रदेशका इन्चार्ज एवं संयोजकहरुलाई सम्बन्धित प्रदेशभित्र महासंघ विस्तार गर्न जिम्मेवारी प्रदान गरेको छ । जोशीको नेतृत्वमा गठन हुने प्रदेश कमिटीबाट डोटेली भाषा तथा साहित्यको विकासमा ठोस योगदान पुग्ने विश्वास गरिएको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा