धनगढी उप-महानगरद्वारा किसानलाई सिंचाई बोर र ईन्जिन हस्तान्तरण 

Dhangadhi
Dhangadhi
March 17, 3:23

धनगढी, चैत ४  - धनगढी उप–महानगरपालिका वडा नं १७ का किसानहरुलाई मंगलबार सिंचाई बोर र ईन्जिन हस्तान्तरण गरिएको छ । धनगढीका नगरप्रमुख नृपबहादुर वड र वडा नं १७ का अध्यक्ष माधव राज रानाले किसानहरुलाई संचाई बोर र ईन्जिन हस्तान्तरण गरेका हुन । धनगरप्रमुख वडले धनगढी उप–महानगरपालिकाले किसानलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 
वडा नं १७ कृषी पकेट क्षेत्र हो नगरप्रमुख वडले भने, सिंचाई बोर र ईन्जिनले ब्यावसायीक किसानहरुलाई राहत पुग्ने छ । उप–महानगरपालिकाले किसानहरुलाई सिंचाई, कृषी उपकरण, विउ विजनमा सहयोग गर्दै आईरहेको छ नगरप्रमुख वडले भने, काम गर्न चाहनेका लागि अवसर नै अवसर रहेको छ । 
धनगढी उप–महानगरपालिका १७ का अध्यक्ष रानाका अनुसार किसानहरुलाई सिंचाई उपकरण खरिद गर्नका लागि वडाबाट १२ लाख रुपियाँ बिनियोजन गरिएको बताए । यही रकमबाट ९ वटा सिंचाई बोर र ८ वटा ईन्जिन हस्तान्तरण गरिएको वडा अध्यक्ष रानाले बताए । सिंचाई उपकरणहरु टोलबासीले आवश्यक परेको बेला प्रयोग गर्नेगरी ९ वटा टोलमा वितरण गरिएको अध्यक्ष रानाले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा