सुदूरपश्चिममा भारतबाट फर्किएर क्वारेन्टिाइनमा बसेका एक वृद्धको मृत्यु
June 06, 10:17
बाजुरा, जेठ २४ - बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ मा रहेको एक क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ। जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा राखिएका ६५ बर्षिय पुरुषको मृत्यु भएको हो।
हिजो साझदेखि खाना नखाएको र राती एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताए। गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाअध्यक्ष रावतले जानकारी दिए।
मृतक पुरुष २५ बर्षदेखि भारतमा रोजगारीका लागि जाँदै गरेका थिए। मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए। मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गैरेले बताएका छन्।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 20, 12:28
September 21, 12:35
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा