उच्चस्तरीय टोलीसहित सुदूरपश्चिम पुगेपछि मन्त्री भट्टले भने, ‘तत्काल प्रदेशमा तीन पीसीआर मेसिन पठाउँछौ’ 

Lekhraj Bhatta
Lekhraj Bhatta
June 11, 3:04

धनगढी, जेठ २९ – सुदूरपश्चिम प्रदेशमा कोरोनाको अवस्था बारे बुझ्न सङ्घीय सरकारका उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहितको एक उच्च स्तरीय टोली सुदूरपश्चिममा आइ पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था , चेक जाँच , जनशक्ति तथा स्वास्थ्य सामाग्रीहरूको आवश्यकता , परीक्षणको अवस्था तथा आगामी चाल्नुपर्ने कदमहरूको बारेमा बुझ्न मन्त्री भट्ट सहितको उच्च स्तरीय टोली सुदूरपश्चिममा आइ पुगेको हो ।

मन्त्री भट्टको नेतृत्वमा रहेको उक्त टोलीमा उद्योग सचिव चन्द्र कुमार घिमिरे , अन्तर प्रादेशिक योजनाको संयोजन रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कडेंल र सोही आयोगका सदस्य सुशील भट्ट लगायत मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्यमीहरूको प्रवर्द्धनमा सहकार्य गर्दै आएको युएनडिपीका प्रतिनिधिहरू सहभागी रहेका छन् ।

उक्त टोलीले यस प्रदेशमा कोरोना परीक्षण ,उपचार एवं अन्य आवश्यकताको पूर्तिलाई अझै प्रभावकारी र सहज बनाउनमा के गर्न सकिन्छ भन्ने बारे आगामी चाल्नुपर्ने कदमहरूका बारेमा जानकारी लिनेछ भने कोरोना महामारीका कारणले विदेशबाट फर्किन बाध्य लाखौँ युवाहरूलाई उद्यमशीलता र रोजगारीको अवसर प्रदान गर्न लघु, घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने उपायहरूको खोजी र तत्काल कार्यान्वयन गर्न तर्फ ध्यान दिने छ ।

यस्तै उक्त टोलीले सुदूरपश्चिमको प्रमुख सीमा नाका गौरीफन्टा सीमा, विभिन्न ठाउँमा रहेका क्वारेनटाइन , हरैया औद्योगिक क्षेत्र लगाएको पनि अनुगमन गर्ने भएको छ ।

मन्त्री लेखराज भट्टले सञ्चारकर्मीहरुसित कुरा गर्दै देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउन खुकुलो बनाएको बताए। उनले कोरोना परीक्षणका लागि सुदूरपश्चिमका थप तीन ठाउँमा पिसीआर मेसिन राख्ने तयारी सरकारले गरिरहेको बताए।

कञ्चनपुरको दोधरा–चाँदनीमा सुक्खा बन्दरगाहसँगै औद्योगिक ग्रामको काम अघि बढ्ने उनको भनाइ छ। 

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

क्रियाशिल सदस्यता नविकरण फारम बुझाउन मातहतका निकायलाई ताकेता
धनगढी । नेपाली कांग्रेस कैलालीले क्रियाशिल सदस्यता नविकरण फारम बुझाउन मातहतका निकायलाई ताकेता गरेको… विस्तृतमा
संसदीय समिति सभापतिको निर्वाचन स्थगित
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ… विस्तृतमा
विषगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक
धनगढी । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत गठित चार वटा विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक… विस्तृतमा
कांग्रेस केन्द्रीय सदस्यमा चन्द्र भण्डारीसहित ८ जना मनोनित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्… विस्तृतमा