चरम भोकमरी निम्त्याउने सलह कीरा नेपालमा पनि पुग्यो, वैज्ञानिकहरूद्वारा चिन्ता व्यक्त 

Salaha
Salaha
June 27, 6:05

काठमाडौं, असार १३ – बारा तथा सर्लाहीका केही स्थानमा सलह कीरा देखिएपछि त्यसबारे कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु छलफलमा जुटेका छन् । 

शनिबार बिहान बाराको सिमरा, डुबरबाना, सिमरालगायतका स्थानका साथै सर्लाहीमा पनि सलह किरा देखिएको खबरपछि मन्त्रालयले विज्ञसहितको टोलीसँग भर्चुअल छलफल गरिरहेको हो ।  छलफलमा प्रदेश २ का प्राविधिकहरु पनि सहभागी रहेको मन्त्रालयका प्रवक्ता डा।हरि बहादुर केसीले जानकारी दिए । उनले सलह भित्रिएको खबरसँगै थप बुझ्ने कार्य भइरहेको पनि बताए । 

प्रदेश २ सरकारले पनि बाली संरक्षण प्रयोगशालाका प्रमुख अशोक यादवको नेतृत्वमा प्राविधिक खटाइसकेको छ । सर्लाहीको तेलबाली अनुसन्धान केन्द्रमा देखिएको कीरालाई औषधि छर्केर नष्ट गर्ने काम पनि गरेको छ ।
यसअघि एक समितिले पूर्वी वायुका कारण नेपालमा अहिले सलह आउने सम्भावना एकदम न्युन रहेको प्रतिवेदन मन्त्रालयमा दिएको थियो । तर केही दिनदेखि पश्चिम वायु शुरु भएको कारणले यो कीरा बिहार हुँदै नेपाल छिरेको प्रारम्भिक अनुमान रहेको नार्कका वरिष्ठ वैज्ञानिक डा सुनिल आर्यालले बताए । 
समितिले पनि वर्षात शुरु भएको र पूर्वी वायु पनि शुरु भएको कारणले नेपाल छिर्ने सम्भावना एकदम न्युन रहेको अनुमान गरिएको थियो । यो बसन्त ऋतुमा देखिने किरा हो तर अहिले गर्मीमा पनि नेपालमा देखियो । केही पहिले भारतमा देखिएको भन्दा फरक फरक प्रकृतिको किरा देखिएको भन्दै उनले यसबारेमा ल्याबमा परीक्षण नगरी यसै सबै कुरा भन्न नसकिने बताए । 
नेपालमा देखिएसँगै नेपाली वैज्ञानिकहरुले पाकिस्तान र भारतका वैज्ञानिकहरुसँग पनि छलफल गरेका छन् । नेपालमा देखिएको सलह कीराको फोटो हेरेर पाकिस्तान र भारतका वैज्ञानिकले पनि यो सलह कीरा नै रहेको भनेका छन् तर यसको ल्याब परीक्षण नभएसम्म शतप्रतिसत सुनिश्चित गर्न नसकिने वैज्ञानिक आर्यालले बताए । 
नेपाल आएका सलह कीराले तरकारी र मकै बालीलाई नष्ट गर्न सक्ने भएकाले यसतर्फ ध्यान दिन जरुरी देखिएको छ । सलहले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्ने गरेको बताइन्छ । 

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा