अनलाइन सिकाइ कार्यक्रमलाई निरन्तरता दिन मन्त्रालयको आग्रह

Logo
Logo
July 19, 9:29

pres release
४ साउन, २०७७
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजि विद्यालयहरुले स्थगित गरेको अनलाइन सिकाइ सहजीकरण कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको छ।
आज मन्त्रालयका प्रबक्ता सहसचिव दीपक शर्माको हस्ताक्षर रहेको विज्ञप्ति जारी गर्दै निजी विद्यालयहरुले स्थगन गरेको अनलाइन सिकाइ कार्यक्रमलाई निरन्तरता दिन मन्त्रालयले अनुरोध गरेको हो।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ( प्याब्सन ) र रास्ट्रीय निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन ( एनप्याबसन) सरकारले आफना मागहरूको सुनुवाइ नगरेको भन्दै सयुक्त रुपमा साउन एक गते देखि अनलाइन तथा बैकल्पिक सिकाइ कार्यक्रम स्थगित गर्ने निर्णय गरेका थिए।

निजि लगानीका विद्यालयमा उत्पन्न समस्याका विषयमा सबै सरोकारवालासँग परामर्श गरि प्राप्त राय सुझावका आधारमा समस्याको ठोस निरुपणको लागि मन्त्रालय प्रयत्नशील रहेको मन्त्रालय द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।
आर्थिक बर्ष २०७७/०७८को मौद्रिक नीतिमा
शिक्षा लगायतका व्यवसायीले लिएको ऋणको साँवा र व्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाईलाई दृष्टिगत गर्दै कर्जा भुक्तानीको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनरतालिकीकरण गर्ने व्यवस्था गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा