शिक्षा सम्बन्धि महत्त्वपूर्ण सामान्य ज्ञान

loksewa
loksewa
July 20, 4:26

५ साउन,२०७७
१) नेपालको सबैभन्दा पुरानो माध्यमिक विद्यालय कुन हो ?
↪️भानु मावि

२) दरबार हाइस्कुलको पुनर्स्थापना कहिले गरिएको थियो ?
↪️बि.स १९४८

३) त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो?
↪️बि.स १९७५ भाद्र, २७

४) शिक्षाको ईस्तिहारमा कति दफाको व्यवस्था गरिएको थियो ?
↪️४२

५) बि.सं १९९० सालको एसएलसी परीक्षामा कति बिद्यार्थी द्वितीय श्रेणीमा उत्तीर्ण भएका थिए ?
↪️१० जना

६) बि. सं.१९९० सालको एसएलसी परीक्षामा उतिर्णाङ्क कति तोकिएको थियो ?
↪️२८०

७) त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्षण गर्ने प्रथम नेपाली को हुन ?
↪️गरूडध्वज राना

८) शिक्षा ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति समय पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो ?
↪️४ घण्टा

९) गोर्खा भाषा प्रकाशिनी समितिको प्रथम अध्यक्ष को हुन?
↪️ राममणि आदी

१०) संस्कृत शिक्षाको प्रथम डाइरेक्टर को हुन ?
↪️ हेमराज पाण्डे

११) आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थापना कहिले भएको हो ?
↪️बि.स २००४-०२-१०

१२) शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भएको हो ?
↪️बि.स २०६६-०७-१३

१३) नेपालको कार्यान्वयन नभएको संबिधान कुन हो ?
↪️ नेपाल सरकारको वैधानिक कानुन -२००४

१४) बि.सं २००७ साल सम्ममा नेपालको महिला साक्षरता कति प्रतिशत रहेको थियो ?
↪️ ०.७%

१५) राणाकालीन समयमा ६ पासे लाई के भनिन्थ्यो ?
↪️ निजामति प्रथमा

१६) नेपालको प्रथम अंग्रेजी स्कुल कुन हो ?
↪️ दरबार हाइस्कुल

१७) विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले भएको हो ?
↪️ बि.स २०५४-१२-२६

१८) स्वतन्त्र शिक्षा मन्त्रालयको पुनर्स्थापना कहिले भएको हो ?
↪️ बि.सं. २०६५-०५-१५

१९) नेपाल टेलिभिजन बाट दुर शिक्षा कार्यक्रम कहिलेदेखि प्रशारण सुरू भएको हो?
↪️ बि.सं. २०५२ सालदेखी

२०) शिक्षक सक्षमताको प्रारूप (२०७२) शैक्षिक जनशक्ति बिकास परिषदबाट कहिले पारित भई लागु भएको हो ?
↪️ बि.सं २०७२-१२-०३

२१) सन २०३० सम्मको शिक्षाको कार्यढाँचा प्रस्तुत गर्दै इन्च्योन सम्मेलन कहिले सम्पन्न भएको थियो?
↪️ सन २०१५ मे ,१९-२२ सम्म

२२) शिक्षक सक्षमताको प्रारूप (२०७२) ले शिक्षकको लागि कति वटा सक्षमताहरू तोकेको छ ?
↪️ ८ वटा

२३) ए प्लस ग्रेड ल्याउने बिद्यार्थीको ग्रेड पोईन्ट कति हुन्छ ?
↪️ ४.०

२४) नेपालमा निरन्तर विद्यार्थी मुल्यांकनको सुरूवात कहिले देखि भएको हो
↪️ बि.सं २०५४ सालदेखी

२५) सर्वप्रथम निरन्तर विद्यार्थी मुल्यांकन (CAS) कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो ?
↪️ ५ जिल्लामा

२६)युनेस्कोको लागि नेपाल राष्ट्रिय आयोगको स्थापना कहिले भएको हो ?
↪️ बि.सं २०१० (सन १९५३)

२७) शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयमा हाल कति वटा शाखा रहेका छन ?
↪️ ३० वटा

२८) अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भयको हो ?
↪️ बि.सं २०५६

२९)पोखरा बिश्वविद्यालय नेपालको कतिऔ बिश्वविद्यालय हो?
↪️ पाँचौ

३०)एसएलसी परीक्षामा प्राबिधिक धारतर्फ अक्षरान्कन पद्धतिको सुरुवात कहिले देखि भएको हो?
↪️ बि. स. २०७१ सालदेखि

पश्न संकलन : रोशन कार्की
सम्पादन: रामचन्द्र शाही 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा