नेपाल विद्यार्थी संघले डिन कार्यालयमा ताला लगायो

नेबि
नेबि
July 26, 11:59

nebisan
२०७७ साउन ११ गते
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा ताला लगाएको छ।
नेपाल विद्यार्थी संघ त्रिभुवन बिश्वविद्यालय समितिका सचिव योगेन्द्र रावल द्वारा जारी गरिएको प्रेस बिज्ञप्ति अनुसार डिन कार्यालयमा आज ताला लगाइएको हो।
नेविसंघका मागबारे छलफल नगरी त्रिवि पदाधिकारीले पेलेर जाने रणनीति लिएकोले बाध्य भएर ताला लगाउनुपरेको उनले बताएका छन।
नेविसंघ त्रिवि समितिले यसअघि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा पनि तालाबन्दी गरिसकेको छ।
नेविसंघले राखेका २० सुत्रिय माग पूरा गर्न त्रिवि पदाधिकारीले वेवास्ता गरेको रावलले बताए। त्रिविले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई त्रिविमा भर्ति गराएको नेविसंघको आरोप छ।



सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा