घर भत्किएर मृत्यु भएका चारजनाका परिवारलाई नेपाली काङ्ग्रेस डोटीले राहत उप्लब्ध गराउने

डोटि
डोटि
August 11, 11:17

दोतो२०७७ साल साउन २७ गते मंगलबार
माेहन पनेरू, डोटी
आदर्श गाउँपालिका,१ बाँझककानीमा घर भत्किएर मृत्यु भएका चारजनाका परिवारलाई नेपाली कांग्रेस डोटीले राहत उपलब्ध गराउने भएको छ ।

नेपाली कांग्रेस डोटीले स्थापना गरेको आकस्मिक राहत कोषबाट उपचार खर्चबाफत १० हजार र किरियाखर्चबाफत १० हजार गरी २० हजार रकम उपलब्ध गराउने कांग्रेस डोटीले घोषणा गरेको छ ।

 

दोति

कांग्रेस डोटीले घटनापछि मंगलबार बिहान शोक वक्तव्य जारी गर्दै घटनाप्रति दुख व्यक्त गरेको छ । जिल्ला सभापति प्रदीपकुमार देउवा र उपसभापति एबं आकस्मिक राहत कोषका संयोजक लक्ष्मणबहादुर सिँहद्वारा हस्ताक्षर गरिएको वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली र घाईतेका सीघ्रस्वास्थ्य लाभको कामना गरिएको छ ।
वक्तव्यमा ओत लाग्ने घर नै भत्केर चारजनाको ज्यान लिनसक्नेसम्मको घटनाले हाम्रो समुदायको विपन्नताको रुप उदांगो पारेको उल्लेख गर्दै ‘विपन्न दलित परिवारमा परेको यो बज्रपातमा सक्दो सहयोग गर्न तीन तहकै सरकार र सम्बन्धित सबैमा ध्यानाकर्षण गराइएकोछ ।
घोषणा भएको राहत रकम तत्कालै पिडित परिवारलाई उपलब्ध गराउने व्यवस्था मिलाईएको सभापति देउवाले जानकारी दिए ।
आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा गएराती घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यु भएको थियो । सुतिरहेका अवस्थामा भित्र सुतिरहेका २६ वर्षिया विष्ना लुहार, उनका १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी कटीको मृत्यु भएको हो ।
घटनामा घरधनी ३० वर्षिय लोगे, लोगेकी ५२ वर्षिया आमा पाना, ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय साला ईन्द्र बिक घाईते छन् । उनीहरुरुको दिपायलमा उपचार भईरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा