रोल्पाको माडी गाउँपालिकाले असोज १ गतेबाट विद्यालय खोल्ने

शिक्षा
शिक्षा
September 14, 3:48

२९ भाद्र २०७७, सोमबार

काठमाडौं/२९भदौ – रोल्पाको माडी गाउँपालिकाले असोज १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ। गाउँपालिकाले सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को पालना गरी विद्यालय खोल्ने तयारी गरेको हो ।
आइतबार गाउँपालिकाका वडा अध्यक्षहरुको उपस्थितीमा गाउँ शिक्षा समितिको बैठक बसी सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको विषय र पालिकाको कोरोनाको अवस्थाको विषयमा छलफलपछि विद्यालय खोल्ने निर्णय भएको
 हो।

गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले विद्यालयमा पहिलो चरणमा पालिकाका स्वास्थ्यकर्मीहरुलाई पठाई सबै कक्षामा कोरोना सचेतना कक्षा चलाइने बताए । कक्षामा कोरोना रोगको जानकारी र अपनाउनुपर्ने सावधानीका विषयमा विद्यार्थी र शिक्षकहरुलाई जानकारी दिई, त्यसपछि शिक्षक विद्यार्थीको प्रत्यक्ष उपस्थितीका पठनपाठनका सञ्चालन गरिने पुनले जानकारी दिए ।


अहिलेलाई अवस्था सामान्य भएकाले विद्यालय खोलेर पठनपाठन गर्ने निर्णय गरिएको उनको भनाइ छ । उनका अनुसार गाउँपालिका भित्र अहिलेसम्म एक जना पनि कोरोना संक्रमित छैनन् । माडी गाँपालिकामा अहिले सामुदायिक क्वारेन्टाइनमा १७ जना रहेका छन् । गाउँपालिकाले एक महिना अघि नै विद्यालयमा रहेका क्वारेन्टाइन हटाइसकेको छ ।
खबर एजुकेशन डट.कम बाट साभार गरिएको।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा