चौमाला बहुमुखी क्याम्पसमा प्रवेशद्वार बन्दै, आज शिलान्यास गरियो

gate
gate
January 16, 6:49

चौमाला - गौरीगंगा नगरपालिका वडा न।१ स्थित चौमाला बहुमुखी क्याम्पसको प्रवेशद्वारको शिलान्यास सम्पन्न भएको छ ।

   गौरीगंगा नगरपालिका वडा न।१ को कार्यालयको  १० लाख बराबरको लागतमा निर्माण हुन लागेको प्रवेशद्वारको आज शनिवार गौरीगंगा नगरपालिका वडा न। १ का अध्यक्ष जगतराम चौधरी र चौमाला बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिनेशराज जोशीले संयुक्त रूपमा शिलान्यास गर्नु भएको हो ।

     चौमाला बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिनेशराज जोशीले पूर्व पश्चिम राजमार्ग सँगै जोडिएको चौमाला बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई आवतजावतका लागि सवारी साधनको व्यवस्था भएकाले क्याम्पसमा आफू अहिले भौतिक पूर्वाधार निर्माण सँगै शैक्षिक विकासमा  केन्द्रित रहेको बताउनु भयो । भौतिक संरचना निर्माण  पश्चात् क्याम्पसलाई नमुना क्याम्पसको रूपमा स्थापना गर्न आफू लागि परेकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।

   चौमाला बहुमुखी क्याम्पसलाई नमुना क्याम्पसको रूपमा स्थापना गर्नका लागि क्याम्पसको गुरु योजना सञ्चालन गर्न आफू र स्थानीय तहको तर्फबाट पूर्ण सहयोग गर्ने  वडा अध्यक्ष जगतराम चौधरीले प्रतिबद्धता जनाउनु भयो ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा