विद्यालयले कक्षा ११ को विद्यार्थी मूल्यांकन आफ्नो अनुकूलतामा गर्न सक्ने

news
news
June 20, 6:57

काठमाडौं , असार ६ ः 
विद्यालयहरुले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने भएका छन्। गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार विद्यालयले विद्यार्थीको मूल्यांकन गर्नुपर्नेछ।
कार्यविधिभित्र रहेर विद्यालयले आफ्नो अनुकूलतामा मूल्यांकन गर्न सक्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले जानकारी दिए। उक्त कार्यविधिमा असार मसान्तसम्म मूल्यांकन सक्नुपर्ने भनिए पनि यो वर्ष विद्यालयले आफ्नो परिस्थिति अनुकूल मूल्यांकन गर्न सक्ने उनले बताए।
‘गत वर्ष लगभग विद्यार्थीको पढाइ पूरा भएको थियो। त्यसैले मूल्यांकन समय असार मसान्त तोकिएको थियो। तर यो वर्ष त्यस्तो अवस्था रहेन । त्यसैले साउनसम्म पनि गर्न सक्नेछन्,’ उनले भने। कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परीक्षाको मिति र समयका बारेमा बोर्डका सम्बन्धित कार्यालयलाई जानकारी गराउनुपर्ने उल्लेख छ।
गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थीको मूल्यांकन गर्ने अधिकार विद्यालयलाई दिएको थियो। कार्यविधिमा कक्षा ११ मा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षा दिन पाउने, विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषयहरु बोर्डमा रजिष्ट्रेसन गराउनुपर्ने र परीक्षाका लागि प्रश्नपत्र तथा उत्तरपुस्तिका पनि विद्यालय आफैंले तयार गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।
कक्षा ११ को मूल्यांकन अक्षरांकन पद्धतिबाट नै हुने र कक्षा ११ मा जुन विषय अध्ययन गरेको हो सोही विषयमा कक्षा १२ मा अध्ययन गर्न दिइने व्यवस्था कार्यविधिमा गरिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा