कक्षा १२ को परीक्षाबारे बोर्डले भन्यो, संक्रमणको अवस्था हेरेर निर्णय लिन्छौँ

कक्षा १२ को परीक्षाबारे बोर्डले भन्यो, संक्रमणको अवस्था हेरेर निर्णय लिन्छौँ
कक्षा १२ को परीक्षाबारे बोर्डले भन्यो, संक्रमणको अवस्था हेरेर निर्णय लिन्छौँ
June 25, 8:11

काठमाडौं,११ असार - राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको अवस्था हेरेर मात्रै कक्षा-१२ को परीक्षाबारे निर्णय लिने भएको छ। कोरोनाले रोकिएको परीक्षाबारे तत्काल केही निर्णय नलिने बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताएका छन्।

अहिले पनि कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै उनले भने, ‘अहिलेसम्म परीक्षाबारे केही छलफल भएको छैन।'

प्रश्नपत्र छापेर तयारी अjस्थामै राखेको जानकारी दिए।  उनका अनुसार कोरोना संक्रमणका कारण साढे चार लाख विद्यार्थीको परीक्षा रोकिएको छ।

बोर्डले गत जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा-१२ को परीक्षा सञ्चालन गर्न परीक्षा तालिका सार्वजनिक गरेको थियो। तर, कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा-१२ को परीक्षा स्थगित गरेको थियो।

एसइई परीक्षा भने आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुने भएको छ। यता,त्रिभुवन विश्‍वविद्यालयले भने कोरोनाबाट स्थगित त्रिविअन्तर्गतका स्नातक तहको वार्षिक परीक्षा साउन ५ गतेबाट सञ्चालन गर्ने गरी बिहीबार तालिका सार्वजनिक गरिसकेको छ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा