कैलाली बहुमुखी क्याम्पसमा कृषि विकास वैँकको ‘एक्सटेन्सन काउन्टर’

gfgf
gfgf
March 15, 8:21

महेन्द्र बम, धनगढी, साउन ७ –
कृषि विका वैँकले सात नम्बर प्रदेशमा पहिलो शैक्षीक संस्थाका रुपमा कैलाली बहुमुखी क्याम्पसमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । कैलाली वहुमुखी क्याम्पस स्वातन्त्र विद्यार्थी युनियनको पहलमा क्याम्पसमा वैँकले काउन्टर स्थापना गरेको हो । क्याम्पसमा काउन्टर स्थापना भएपछि विगतमा कृषि विकास वैँकको कार्यालयमै पुगेर दाखिला गर्नुपर्ने रकम बुझउँदै आएका विद्यार्थीहरुले खुसी ब्यक्त गरेका छन् ।
‘पहिला वैँकमै गएर लाइन लाग्नुपर्ने हुन्थ्यो, भिडभाड हुन्थ्यो र हाम्रो समय खेर जानुका साथसाथै पढाइ पनि छुट्ने गदैथ्यो ।” कैलाली बहुमुखी क्याम्पसमा एमवीएस फष्ट सेमेष्टरमा अध्ययनतर छात्रा कौशल्या भट्टले भनिन् “अव वैँकको काउन्टर क्याम्पसमै आएपछि त्यसबाट छुटकारका पाउने आशा हामीले गरेका छौँ ।”
कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको पहलमा उक्त काउन्टर स्थापना गरिएको हो । कमिटीका सदस्य ललित ओझाले सुदूर र मध्यपश्चिमका हजारौँ विद्यार्थीको भबिष्य यस क्याम्पस संग जोडिएको हुनाले वैँक काउन्टर स्थापना गरेर सहजता दिलाउन पहल गरिएको बताए ।

Image removed.

सोमबार एक कार्यक्रमका विच शाखाको उद्घाटन गरिएको हो । शाखा विस्तारका क्रममा कृषि विकास वैँकका विभागीय प्रमुख धु्रबचनद्र गौतमले विद्यार्थीहरुले भर्ना शुल्क, परीक्ष शुल्क लगायतको रकम बुझाउन वैँकमै जानुपर्ने बाध्यता हटाउन शाखा विस्तार गरिएको बताए । विद्यार्थीहरुले शुल्क बुझाउनकै लागी कक्षा छोडेरनै लाइन वस्नुपर्ने बाध्यता रहेको गुनासो आए पछि शाखा विस्तारका लागि वैँक अग्रसर भएको उनको भनाइ थियो ।
“हामीले कृषि बाहेक शिक्षा र स्वास्थ्यका क्षेत्रमा एकआध ठाउँमा मात्रै सेवा दिएका छाँै ।” गौतमले भने “सुदूर पश्चिमको उत्कृष्ट शैक्षीक धरोहरका रुपमा रहेको कैलाली बहुमुखी क्याम्पसलाइ हामीले सेवा दिनु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो, त्यसैले हामीले यो काउन्टर विस्तार गरेका हाँै ।”

Image removed.

सुदूर पश्चिमाञ्चल विश्व विद्यालयका पूर्व रजिष्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्तले कृषि विकास वैँकको शाखा विस्तार हुनु क्याम्पसका विद्यार्थी र शिक्षक दुवैका खुसीको कुरा भएको बताए । “सुदूरपश्चिमका सवै जिल्लाका विद्यार्थीहरु यस क्याम्पसमा अध्ययनरत छन् ।” डा. पन्तले भने “पहाडी जिल्लाबाट पैशा पठाउने विकल्प नभएको समयमा वैँकको काउन्टर स्थापन भए पछि अभिभावक, विद्यार्थीलाइ प्रत्यक्ष सहयोग हुने छ ।” यसका साथै शिक्षकहरुलाइ फाइनान्सियल सहयोग र क्याम्पसको उचाइ समेत बढाउने उनले बताए ।
काउन्टर विस्तार कार्यक्रममा सहायक क्याम्पस प्रमुख डिल्लीराज फुलाराले वैँकले क्याम्पसमा शाखा विस्तार गरिदिएकोमा धन्यवाद ज्ञापन गरे ।
काउन्टर विस्तारका क्रममा ‘एक विद्यार्थी एक खाता’ कार्यक्रमको पनि सुरुवात गरिएको छ । कैलाली बहुमुखी क्याम्पसमा अहिले १० हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यस भन्दा अघि विद्यार्थीहरुले कृषि विकास वैँकमै पुगेर क्याम्पसमा दाखिला गर्नुपर्ने रकमहरु बुझाउनु पर्ने बाध्यता थियो । वैँकले क्याम्पसमै शाखा विस्तार गरिदिए पछि अव विगतको समस्याबाट मुक्ती पाइने भन्दै विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा