आदर्श गाउँपालिकाका विद्यालय अनिश्चित कालका लागि बन्द

news
news
October 29, 3:56

डोटी- आदर्श गाउँपालिकाका विद्यालयहरु अनिश्चित कालका लागि बन्द गरिएको छ । गाउँपालिकाले विद्यालय कर्मचारी र बालविकास सहजकर्ताहरुको तलब बढाउँने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताहरुले विद्यालयहरु अनिश्चित कालका लागि बन्द गर्ने निर्णय का हुन् ।

उनिहरुको आन्दोलनलाई एकेबद्धता जनाउँदै गाउँपालिका शिक्षक महासंघ पनि आन्दोलित बनेको छ । अन्य पालिकाहरुले सहमति पछि पारिश्रमिक बढाएको तर आदर्श गाउँपालिकाले बेवास्ता गरेको भन्दै शिक्षक तथा कर्मचारी आन्दोलित बनेका हुन् ।

संघीय सरकारले निर्णय गरे बमोजिम स्थानीय सरकारका तर्फबाट प्रति व्यक्ति ७ हजार पारिश्रमिक बढाउनु पर्ने उनिहरुको माग छ । आफुहरुको माग पुरा नभए सम्म गाउँपालिकाका ३३ वटै विद्यालय बन्द गर्ने शिक्षक महासंघ आदर्श गाउँपालिकाका अध्यक्ष गणेश दाहलले बताए ।

कोरोना भाइरसका कारण विद्यार्थीहरुको पढाई नै अन्यौलमा परेका बेला पुनः विद्यालय बन्द हुनु दुःखद रहेको नेबिसंघ डोटीका अध्यक्ष गणेश खड्काले बताए । विद्यालय कर्मचारी र सहजकर्ताहरुको माग लाई एथावत सम्बोधन गरी विद्याल सञ्चालन गर्नु पर्ने उनको भनाई छ ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा