पुनर्वासमा व्यवसायतर्फ उन्मुख बनाउँदै : निड्स नेपाल

news
news
December 28, 12:20

पुनर्वास – निड्स नेपाल नामक संस्थाले कञ्चनपुरको पुनर्वासमा विभिन्न किसिमका शीपमूलक र अनुदानका कार्यक्रम आयोजना गरी थुप्रै व्यक्तिहरुको जीवनस्तरमा सुधार गराउँदै आएको छ ।
कृषि, पशुपालन र शीपमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको निड्स नेपालकै व्यूटिसियन तालिमले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ माईतीघर भएकी ३० वर्षिय दुर्गा नेपालीलाई व्यवसायी बनाएको हो ।
पुनर्वास–५ ग–गाउँमा गठन भएको पुनर्वास आप्रवासी समूहमा आवद्ध रहेकी दुर्गा आजभन्दा तीन वर्ष अगाडी निड्स नेपालले ल्याएको ३ महिने व्यूटिसियन तालिममा सहभागी भएकी थिईन् । तालिमले उनलाई एक महिला उद्यमीको रुपमा स्थापित गराएको छ ।
माईतीघरमै बसेर आफुलाई असल व्यवसायीको रुपमा चिनाउन सफल भएकी दुर्गा अरुको भन्दा आफ्नो कर्ममा विश्वास गर्ने महिला मध्येकी एक हुन् ।
स्थायी घर बर्दिया भएकी दुर्गाका श्रीमान् रोजगारीको सिलसिलामा खाडी मुलुकको कुवेतमा रहेका छन् । श्रीमानको एक्लो कमाईले घरपरिवारको खर्च र बचतको सम्भावना नदेखेपछि आफुले पनि केहि गर्नुपर्छ भन्ने सोचले उनलाई एक असल उद्यमी बनाएको छ ।
दुर्गाले अहिले आफ्नै व्यवसायबाट घरायसी खर्च र केहि बचत समेत गर्दै आएको बताछिन् । उनले आफु जस्तै अरु महिलाहरुका लागि निड्सले आर्थिक सहयोग भन्दा शीपको आयोजना गरिदिए अझै व्यवसायमा टेवा पुग्ने बताईन् । उनी अहिले व्यवसासायकै क्रममा पुनर्वासमा बस्दै आएकी छिन् ।
त्यसैगरी निड्सकै सहायताले कृषि र पशुपालनमा अग्रसर भएका पुनर्वास–९ बिचफाँटाका सूर्य बुढा पनि पुनर्वासकै टप कृषकका रुपमा चिनिएका छन् ।
लामो समय वैदेशिक रोजगारीमा रहेका सूर्य नेपाल फर्किएपछि निड्सले अनुदानमा दिएका पच्चिस कुखुराले नै उनलाई कृषिमा अग्रसर बनाएको थियो । कुखुराबाट उनले करिब बीस हजार बराबरको आम्दानी गरेको बताए । कुखुरा दिएपछि संस्थाले उनलाई ७ दिने व्यवसायिक तालिम, ३ दिने बेमौसमी तरकारी खेती र ४ दिने कुखुरा सम्बन्धी तालिममा सहभागी गराएको थियो ।
तालिम पछि सशक्त रुपमा कृषि क्षेत्रमा उभिएका सूर्य अहिले पुनर्वासकै टप कृषकको रुपमा चिनिएका छन् । उनले अहिले चार बिघा जमिनमा आलु, १५ कट्टा जमिनमा तोरी, ८ कट्टा सरसौ र ७ कट्टामा तरकारी खेती गरेका छन् ।
निड्सले दिएको तालिमले नै आफुलाई व्यवसायिक कृषक बनाएको सुर्यको भनाई छ । सरकार पक्षबाट नपाएको सर्पोट निड्सबाट पाएको बताउँदै आगामी दिनमा कृषि बजारीकरणमा पनि संस्थालाई सहयोग गरिदिन अनुरोध गरेका छन् ।
उनी जस्तै अर्का पुनर्वास नगरपालिका–३ रामबस्त्तीका कृषक रेशमबहादुर तामाङलाई पनि यहि असार महिनामा निड्सले दिएको लोकल जातका ५० कुखुराले कुखुरा पालक कृषकको रुपमा स्थापित गरेको छ ।
उनलाई दिएको ५० ओटा कुखुराबाट रोगका कारण ११ ओटा कुखुरा मरेको बताए । उनले पाँच महिनामा अण्डा र भाले बिक्रीबाट बीस हजार आम्दानी गरेको सुनाए । उनले अझै संस्थाले यस्ता कार्यक्रमहरु आयोजना गर्न सके आफु जस्ता कृषकहरुलाई जिविकोपार्जनमा निकै सहज हुने बताए ।
संस्थाको रणनीति अनुरूप विदेशबाट फर्किएका तथा अार्थिक विपन्नतामा परेका लक्षित बर्गलाई सुरक्षित अाप्रवासन परियोजना अन्तर्गत( AWO ) ईन्टरनेसनल गैरसरकारी संस्थाको अार्थिक सहयोग एबं निड्स कञ्चनपुरको पहलमा संस्थाले तालिम संगै सहयोग दिने गरेको निड्स कञ्चनपुरका कार्यक्रम प्रबन्धक तथा सह कार्यकारी निर्देशक प्रकाश मडैले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा