काँचो अदुवाको मुल्य नहुँदा खालि डाँडोमा सुठो बनाउँदै

news
news
January 03, 4:21

डोटी १९ पुष / डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ को काउलेबजार नजीकको खालि डाँडोमा स्थानिय ब्यपारी खडक केसिले त्यस क्षेत्रका किसानले उत्पादन गरेको अदुवालाई खरीद गरी सुठो बनाउन सुरुगरेका छन ।

किसानले उत्पादन गरेको अदुवा लाई स्थानिय स्थरमै बिकाउ बनाउन र स्थानिय स्थरमा रोजगारी होस भनी आफुले काँचो अदुवालाइ खरीद गरी उत्पादीत अदुवा लाई स्थानिय काउलेबजार नजीकै को खालि जमिनमा सुठो बनाउन सुरुगरेको स्थानिय ब्यपारी खडक केसिल बताए । साथै “उनले” भने यो अदुवा लाई सुठो मात्र नभई स्थानिय ६/७ जनालाई रोजागी पनि दिएको बताए । आफुले स्थानिय स्थरबाट प्रति केजि रु २८रुपँैयामा खरीद गरी सुठो बनाउन थालिएको बताए ।

स्थानिय स्थरमा किसानले आफनो मिहिनेत गरेको अनुसर मुल्यनपाउँदा किसानहरु सस्तोमा अदुवा बेच्न बाध्यभएको सुनौलो किरण कृषक समुह बडीकेदार गाउँपालिका वडानम्बर ४ का अध्यक्षा नरेन्द्र बहादुर ताडी ले बताए ।

उनले भने स्तानिय स्थरमा बजारीकरण नहुँदा किसनहरु सस्तोमा अदुवा बेच्न बाध्य भएको जानकारी दिए । साथै उनले भने अहिले आएर गाउँमा उत्पादन हुनेँ पिडालु भन्दा काँचो अदुवाको मुल्य कम भएको बताए साथै यो ठाउँमा चिँसो मैसम मा घाँम नलाग्ने भएक ले सुटो बनाउन समस्या हुन्छ ।त्यसकारण किसानले काँचो अदुवा बेच्नु पर्ने बाध्यता रहेको बताए ।

तर बजारमा काँचो अदुवाको मुल्य पिडालु भन्दा कम छ ।न त को बाहिरबाट ब्यापारी आउछ नत स्थानिय स्थरमा राम्रो बजारीकरण छ त्यसकारण अदुवा को मुल्य कम हुन प्रमुख कारण रहेको छ। यस क्षेत्रका बासिको प्रमुख आय स्रोत नै अदुवा भएकाले समयमै स्तानिय स्थरमै बजारीकरण भएको भए सहजै किसानले बिक्रीबितरण गर्न पाउने थिए ।

नेपाल सरकारले अदुवाको न्यूनतम मूल्य तोक्न नसक्दा पनि अदुवा बिक्रीमा समस्या देखापरेको व्यवसायीहरु बताउँछन् । मूल्यमा वर्षेनी हुने उतारचढावले कृषकलाई ठूलो नोक्सानीमा पारेको छ । भारतले विभिन्न बहाना बनाएर अदुवा खरिदमा बेला बेलामा आनाकानी गर्ने गरिआएको छ । सरकारले एक गाउँ एक उत्पादन कार्यक्रम जिल्लाको मुख्य नगदे बालीका रुपमा स्थापित अदुवा खेतीेको प्रवद्र्धन गर्दैआएको छ ।

जिल्लामा उत्पादन भएका अदुवालाई जिल्लामै प्रशोधन गरी खपतका लागि स्थानिय सरकार र प्रदेश सरकारले पहल गरेमा साथै केन्द्र व्यवस्थित रुपमा सञ्चालन भइदिए वर्षेनी बारीमै अदुवा कुहाउनुपर्ने समस्याबाट कृषक मुक्त हुन्थे ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा