शिक्षा मन्त्रालयको निर्देशन : माघ १५ सम्म विद्यालय बन्द गर्ने

news
news
January 10, 12:25

काठमाडौं शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको निर्णय अनुसार जाने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताए।

आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो। बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा