त्रिविका परीक्षा नरोकिने

ss
ss
January 16, 1:44

काठमाडौं,२ माघ / त्रिभुवन विश्वविद्यालय९त्रिवि०ले लिने गरेका परीक्षा निर्वाध सञ्चालन हुने भएको छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै सरकारले विद्यालय बन्द गरिसकेको छ । सिनेमा हल, जिमखाना, पार्टी, भोज, जमघट हुने सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाइ गरेको छ । 
 
त्रिविमा हाल जाडो बिदाले विश्वविद्यालय बन्द भए पनि परीक्षा भने चलिरहेकै छ । तर, कोभिडको नयाँ भेरियन्ट ओमिक्रनको संक्रमित बढ्दै गएपछि त्रिविले सञ्चालन गर्ने परीक्षा के होला भन्ने विद्यार्थी र अभिभावकमा चासो छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सरकारले रोक्न निर्देशन नदिएसम्म परीक्षा सञ्चालन हुने जानकरी दिए । उनी भन्छन्, “तीनवटा सेन्टर चाहिएको ठाउँमा छवटा सेन्टरमा विद्यार्थी राखेका छौँ । स्वास्थ्य सुरक्षालाई ध्यान दिएका छौँ । अन्तिम अवस्थामा सरकारले रोक नभनेसम्म रोक्दैनौँ ।” 

त्रिविको तालिकाअनुसार यो महिनाभर परीक्षा हुनेछ । त्रिविले सञ्चालन गरेको परीक्षा ४ माघमा सकिँदैछ भने माघ ९५–१९० सम्म विज्ञान संकायको परीक्षाको तालिका सार्वजनिक भइसकेको छ । १० माघमा एलएलबीको परीक्षा हुनेछ । 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा