डोटीका किसानको अदुवा बारीमै कुहीन थाल्यो

अदुवा खेती बारीमा कुहिन थाले पछि किसान चिन्तीत परेका छ । तस्बिर : एकेन्द्र चन्द्र
अदुवा खेती बारीमा कुहिन थाले पछि किसान चिन्तीत परेका छ । तस्बिर : एकेन्द्र चन्द्र
February 12, 5:48

एकेन्द्र चन्द 
डोटी २९ माघ /
 डोटीको बडिकेदार गाउँपालिकाका किसानले उत्पादन गरेको लाखौंको अदुवा बारिमै कुहिन थालेको छ । बडिकेदार गाउँपालिका अदुवा पकेट क्षेत्र भए पनि किसानले अदुवाको उचित मुल्य नपाउदा मारमा परेका छ्न ।

काचो अदुवा प्रतिकेजी १५ रुपैयाँ पनि पाउन छोडेको र बर्ष भरि मेहनत गरेको अदुवाले मुल्य नपाए पछि अहिले धेरै जस्तो किसानको अदुवा बारिमै रहेको र कुहिन थालेको बडिकेदार गाउँपालिकाका ५ का स्थानीय देब बहादुर चन्दले बताउनु भयो।

काचो अदुवाको मुल्य नपाए पछि चिन्तित बनेका किसानले अदुवालाई सुटो बनाउन लागे पनि लगातार रुपमा बर्षा र हिमपात भए पछि सुटो बनाउन लागेको अदुवा पनि कुहिन थालेको र अलिकति भए पनि स्थानीय सरकारले रहात को ब्यवस्था या अदुवा बिक्री गर्ने बाताबरण मिलाइ दिन किसानहरुले माग गरेका छ्न ।

बडिकेदार गाउँपालिकाको सबै ठाउँमा अदुवा राम्रो उत्पादन हुदै आएको छ। तर किसानले पछिल्लो केहि बर्ष देखि अदुवाको मुल्य नपाउदा निरास बनेका छन । किसानले मुल्य नपाउदा समस्या हुदै आएको र केहि हदसम्म भए पनि किसानलाई राहात होस भनेर किसान बाट अदुवा खरिद गरि सुटो बनाइदै आएका बडिकेदार गाउँपालिका काउले बजारका ब्यापारीले अहिले अदुवा कुहिन थाले पछि आफ्नो ब्यवसायनै धरापमा परेको गुनासो गर्नु भयो

डोटीमा अदुवा सम्बन्धि बिभिन्न सस्थाहरुले अदुवा सम्बन्धि तालिम दिए पनि उधोग र प्रसोधन केन्द्र नहुदा बर्सेनि लाखौंको अदुवा बारिमै कुहिन थालेको छ।
समयमै स्थानीय सरकार को ध्यान नजाने हो भने त्यस् ठाउँका किसानको बर्षभरिको आम्दानीको रुपमा रहेको अदुवा खेति बाटै नै पलायन हुनु पर्ने हो कि भन्ने चिन्तामा किसान रहेका छ्न ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

सुदूरपश्चिमका लागि रासायनिक मल आयो तर ढुवानी भएन
धनगढी, १८ जेठ । कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिएका… विस्तृतमा
साईन नेपालको सहायताले डोटीको पुर्वीचौकीमा पहिलो पटक…
हरिलाल जोशीडोटी ९ बैशाख / मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) नामक संस्था कैलालीले डोटीको… विस्तृतमा
डोटीको बडिकेदारमा असिना पानीले हिउँदेबाली नष्ट
डोटी,२८ पुष /  डोटीको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ। सोमबार… विस्तृतमा
डोटीमा सुन्तला किसानलाई क्यारेड र डिजिटल तराजु वितरण…
डोटी,२२ पुष / केआइसिंह गाउँपालिका–४ का सुन्तला खेती गर्दै आएका किसानलाई सुन्तला राख्न र जोख्नका… विस्तृतमा