श्रीमानद्धारा आफ्नै गर्भवती श्रीमतीको हत्या

हत्या आरोपमा पक्राउ परेका अजय महतो कोइरी र प्रमोद राउत / तस्बिर अनलाईन खबर बाट
हत्या आरोपमा पक्राउ परेका अजय महतो कोइरी र प्रमोद राउत / तस्बिर अनलाईन खबर बाट
February 21, 3:04

जनकपुर ९ फागुन  / मेला घुम्न लैजाने वहानामा एक व्यक्तिले गर्भवती पत्नीलाई सर्लाहीबाट महोत्तरी पुर्याएर हत्या गरेको खुलेको छ ।

भारत सीतामढीका अजय महतो कोइरीले २७ वर्षीया श्रीमती राधा भनिने अपसना खातुनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

अपसनाको शव ४ फागुनमा जंगलभित्र फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले अजयलाई ६ फागुनमा नेपाल–भारत सीमानाबाट पक्राउ गरेको थियो । बयानका क्रममा उनले हत्या गरेको स्वीकारेको विष्टले बताए ।

हत्यामा अजयलाई सहयोग गरेको आरोपमा सर्लाहीको मलंगवा नगरपालिका–९ का प्रमोद राउत पनि पक्राउ परेका छन् । अर्का सहयोगी फरार रहेको प्रहरीको भनाइ छ ।

अजय, श्रीमती र दुई छोरासँगै सर्लाहीको मलंगवा नगरपालिका–९ मा डेरा गरी बस्थे । उनले ‘मेला घुम्न जाऔं’ भन्दै श्रीमती र छोराहरुलाई टेम्पो चढाएर महोत्तरी पुर्याएको र सागरनाथ वन विकास परियोजनाको जंगलभित्र लगेर साथीको सहयोगमा श्रीमतीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी विष्टले जानकारी दिए । अपसना ८ महिनाको गर्भवती रहेको प्रहरीको भनाइ छ ।

पत्नीको हत्यापछि अजयले आफ्ना दुई छोरालाई नजिकैको एक होटलमा बेवारिसे छाडेर भागेको प्रहरीले बताएको छ ।

सम्बन्धमा खटपटपछि हत्या

अपसना र अजयबीच दुई वर्ष अगाडि चिनजान भएको थियो । अजय भारतको सीतामढीमै घर निर्माण गर्ने ठेकेदार थिए । अपसना ज्याला मजदुरीको काम गर्थिन् । सीतामढीमै चिनजान भयो र उनीहरुले प्रेम विवाह गरे ।

अपसना त्यसअघि नै विवाहित थिइन् । उत्तर प्रदेशमा विवाह गरेकी उनका दुई छोरा थिए । तर श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनी दुई छोरासहित माइतीमा बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार विवाहपछि अजयको परिवारले अपसनालाई स्वीकार गरेन । पञ्चायतीले अपसनालाई २५ हजार भारु क्षतिपूर्ति दिएर छुट्टिने र २५ हजार भारु गाउँमा भोज खुवाउने निर्णय सुनाएको थियो ।

पञ्चायतको निर्णय अजय र अपसनालाई स्वीकार्य भएन । गाउँमा बस्न नसकेपछि नौ महिना अगाडि उनीहरु सर्लाहीको मलंगवा आएर कोठा भाडामा लिएर बस्न थाले ।

अजयले मलंगवा नगरपालिका–९ का प्रमोद राउतको घर निर्माणको काम गर्दै आएका थिए । प्रहरीले पत्नी हत्यामा अजयलाई घरधनी राउतले सहयोग गरेको देखिएको बताएको छ ।

फागुन ३ गते दिउँसो २ बजेतिर मेला हेर्न जाने भनी अजयले श्रीमती अपसना र नाबालक छोराहरुलाई मलंगवाबाट टेम्पो रिजर्भ गरी सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर चोक पुर्‍याए ।

त्यहाँबाट प्रमोद राउतले उनीहरुलाई आफ्नो मोटरसाइकलमा राखेर बाँके खोलाको ड्याम हुँदै महोत्तरीको गौशाला नगरपालिका–१२ मा निर्माणाधीन रेल्वे ट्रयाकसम्म पुर्‍याएका थिए । प्रमोदले उनीहरुलाई आफ्नो मोटरसाइकलमा दुई खेप गरी त्यहाँसम्म पुर्याएको अजयले बयानमा बताएको डीएसपी विष्टले बताए ।

त्यसपछि अजयले अपसनालाई जंगलमा लगी साथीको सहयोगमा हत्या गरेको र छोराहरुलाई डेढ किलोमिटर टाढाको कान्तिबजारस्थित होटलमा लगी ‘मेरो बच्चा एकछिन हेरिदिनुस्, म चाउचाउ लिएर आउँछु’ भनी छाडेर हिंडेका प्रहरीले बताएको छ । त्यसपछि मलंगवा फर्किन अजयलाई प्रमोदले नै सहयोग गरेको खुलेको डीएसपी विष्टले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा