डोटीमा किताब बजार सम्बन्धी अभिमुखीकरण

किताब बजार प्रविधिको प्रयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम
किताब बजार प्रविधिको प्रयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम
March 07, 9:27

गणेश मौनी

फागुन २३, डोटी – 

किताब बजार प्रविधिको प्रयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ । वर्ल्डभिजन इन्टरनेशनल नेपाल र  वर्ल्ड बैकको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीले जिल्लाका चार पालिकाका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरूलाई अभिमुखीकरण गरिएको हो । 

स्थानीय स्तरमै अनलाइन मार्फत बालमैत्री किताबहरूको सर्वसुलभ मूल्यमा अनलाइन मार्फत विद्यालयले अर्डर गर्न सहज होस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको सामुदायिक विकास केन्द्र डोटीका किताब परियोजना संयोजक टङ्क जोशीले बताए । उनले भने नेपाल सरकारले जारी गरेको बालमैत्री राष्ट्रिय प्रारूप २०७६ ले तोकेका न्यूनतम दश मापदण्ड मध्य बुक कर्नर पनि एउटा रहेकोले सरकारका कार्यक्रमलाई सहयोग गर्न परियोजनाले सहयोग गर्ने समेत बताए । 

किताब बजार सफ्ट्वेयरको लागि आइडी तयार गर्ने, खरिद गर्ने विधि, किताब छनोट गर्ने लगायतका प्राविधिक ज्ञानको बारेमा जानकारी गराइएको समेत संयोजक जोशीले बताए । 

विद्यालयले यस्तो आइडी निर्माण र प्रयोग गर्दा कुनै शुल्क लाग्दैन तर आफूलाई आवश्यक किताबहरू अर्डर गर्दा मात्र पैसा तिर्नुपर्छ अनलाइनमा नै मूल्य देखिने गर्छ । किताब बजारको सफ्ट्वेयरमा बालबालिकाहरूसँग सम्बन्धित अतिरिक्त पाठ्यपुस्तकहरू मात्र खरिदको लागी अर्डर गर्न मिल्छ । 

अभिमुखीकरण कार्यक्रममा आदर्श, सायल, पूर्वी चौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका शिक्षक, वि.ब्य.स. पदाधिकारी र पालिकाका विद्यालय निरीक्षकहरूकोे सहभागिता रहेको थियो । डोटी जिल्लाको सवालमा प्रविधिमा आधारित यो नयाँ कार्यक्रम हो । 

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा