धनगढी यसरी मनाईयो रोपाई उत्सव

1
1
June 30, 7:02

धनगढी, असार १५ - 

१६ औ राष्ट्रिय धान दिवश तथा रोपाई उत्सव धनगढीमा धुमधामका साथ मनाईएको छ । धनगढी उप–महानगरपालिकाको सहयोग तथा आशिस महिला कृषक समुहको आयोजनामा वडा नं ३ मा रोपाई उत्सवको आयोजना गरिएको हो । रोपाई उत्सवमा धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारीहरु, स्थानीय बासिन्दाहरुको उपस्थीति थियो । उपस्थीत सबैले झण्डै चार कठ्ठा जमिनमा धान रोपेका थिए ।

रोपाई उत्सवको उद्घाटन गर्दै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कृषीलाई पहिलो प्राथमिकतामा राखेको बताए । कहिले पनि किसानले चाहिएको समयमा मलखाद र बिउ बिजन पाउन सकिरहेका छैनन् नगरप्रमुख वडले भने, स्थानीय सरकारको तहबाट मात्रै सबै समस्या समाधान हुने अबस्था छैन । कैलाली र कञ्चनपुर जिल्लाको प्रमुख बाली भनेको धान नै हो नगरप्रमुख वडले भने, परंपरागत खेती प्रणालीका कारण किसानले राम्रो फसल लिन सकेका छैनन् । धनगढी उप–महानगरपालिकाले नगरक्षेत्रका बिभिन्न वडाहरुमा धानवालीको पकेट क्षेत्र निर्धारण गरेर काम गरिरहेको नगरप्रमुख वडले बताए ।

धनगढी उप–महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले किसानको समृद्धी बिना मुलुक समृद्धीको बाटोमा अगाडी बढ्न नसक्ने बताए । उप–महानगरपालिका कृषी महाशाखा प्रमुख लोकराज उपाध्यायले कृषी क्षेत्रको गुरु योजना बनाएर अगाडी बढ्ने तयारी भैरहेको बताए । त्यसैगरी धनगढी स्थीत नन्दीनाज विद्यालयले पनि रोपाई उत्सवको आयोजना गरेको थियो । रोपाई महोत्सवमा शिक्षक, विद्यार्थी लगायत अभिभावकहरु समेतको सहभागिता रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा