साईन नेपालको सहायताले डोटीको पुर्वीचौकीमा पहिलो पटक मेशिनबाट गँहु थ्रेसिङ

April 22, 6:06

हरिलाल जोशी
डोटी ९ बैशाख / मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) नामक संस्था कैलालीले डोटीको पुर्वीचौकी गाउँपालिकाका कृषक समुहलाई वितरण गरेका थ्रेसर प्रयोगमा आएका छन् ।

शुक्रबार पुर्वीचौकीको वडा नम्बर १ फुलौटमा किसानहरुले सडक छेउमा कृषक समुहलाई वितरण गरेका थ्रेसरको उचित प्रयोग भएको देख्दा आफु निकै खुशी भएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।

किसानहरुमा संस्थाले दिएका सामाग्रीहरुको प्रयोग बढ्दो र थप आवश्यक्ता महशुस भए अबका दिनमा अझै अन्य क्षेत्रमा थे्रसर उपलब्ध गराउने संस्थाका अध्यक्ष जोशीले भने, अहिले संस्थाले परिक्षणका लागि मात्रै ल्याएको हो । पहिलो पटक थ्रेसरको सहायताले गँहु थ्रेसिङ हुन थाले पछि स्थानियहरुमा हर्षका साथै थ्रेसर हेर्नेहरुको भिड लाग्ने गरेको छ ।

पहाडी क्षेत्रमा उकालो र भिरालो सतहका कारण कृषि आधुनिकरणको प्रयोग तराईका जिल्लाहरु भन्दा कम मात्रामा देखिन्छ । त्यसकारण पहाडी क्षेत्रमा अहिले पनि धान, गँहु, कोदो, मकै लागायतका उब्जाउ हुने अन्य बालीहरु किसानहरुले हातले चुट्नुपर्ने बाध्यता छ । पेट्रोलको माध्यमबाट चल्ने यो मेसिनले प्रतिघण्टा ७० केजी दाना निकाल्ने कम्पनीको दाबी छ ।

विशेष गरेर पहाडी क्षेत्रमा महिला दिदीबहिनीहरुको दुःखलाई मध्यनजर गर्दै संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत संस्थाले फाल्गुण ३ गते पुर्वीचौकीमा १२ वटा थ्रेसर वितरण गरेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा