कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो जित

May 20, 6:12

धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा बढी मतान्तरणले विजय भएका छन् । हालसम्म मतगणना सम्पन्न भएको वडा अध्यक्षको मत परिणाम अनुसार दोब्बर बढी मतान्तरले विजयी भएका हुन् । उनी धनगढी उपमहानगरपालिकाको सबैभन्दा कान्छा वडाध्यक्ष समेत बनेका छन् । उनको हालको उमेर ३१ बर्ष रहेको छ । 
नेपाली काँग्रेसका शाहीले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका धिमलाई जोशीसँग ११४८ मतान्तरणले विजयी भएका हुन् ।  कुल खसेको ४ हजार ७ सय ७९ मतम ध्ये शाहीले एक हजार ९३७ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्दी जोशीले ७ सय ८९ मत पाएका छन् । 
नगरकै कान्छा वडा अध्यक्ष शाहीले प्यानल सहित जित हासिल गरेका हुन् । सदस्यमा नेपाली काँग्रेसका विपिन कटुवाल, दत्तुराम पाण्डे, यशोदा भण्डारी र माया ताम्राकार विजयी भएका छन् । वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार टेकराज ओझा (चुनाव चिन्ह धारा) ले ४ सय २६ मत पाएका छन् । टेकराज ओझा नेपाली काँग्रेसका वडा नम्बर ५ का सभापति हुन् । तर, उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का स्वतन्त्र उम्मेदवा पदमराज भट्ट चुनाव चिन्ह (आँप) ले ४ सय ५४ मत पाए ।

को हुन कान्छा वडाध्यक्ष शाही ? 
३१ बर्षीय गजेन्द्र शाहीलाई अहिले नचिन्न सायदै कम होलान् । पछिल्ला दुई बर्षको कोरोना महामारीपछि कैलालीमा सामाजिक काममा अग्रसर भएपछि उनलाई धेरैले चिनेका हुन् । 
धनगढीका विभिन्न स्थानहरुमा कपडा बैंक शाहीको योजनामा पहिलो पटक सञ्चालन गरिएको थियो । उनले नेतृत्व गरेको रोयल कोल्याब्रोटिभ्सले कपडा बैंक सञ्चालन गरेसँगै कोरोना कालमा गरेका कामहरुका कारण शाहीले वाहीवाही कमाएका थिए । कोरोनाको महामारीपछि सीमा नाकामा घर फर्किनेहरुलाई दानापानी अभियान सञ्चालन गरेका थिए । उनले एक महिनाभन्दा वढी समय सीमा नाकामै विताए । धनगढीमा मात्रै होईन काठमाण्डौंमा खाना खुवाउने अभियान सञ्चालन गरेपछि उनको चर्चा देशव्यापी भयो । शाहीले नै चाडपर्वका वेला विपन्न वर्गलाई निशुल्क रुपमा उपहार स्वरुप खाद्यान्न लत्ताकपडा र अन्य घरायसी सामानहरु वितरण गर्दै आएका छन् । धनगढीमै कुलतमा लागेका युवाहरुलाई सुधार्न शाहीले सुधार केन्द्र पनि खोलेका छन् । रक्तदान सरसफाई सहयोग लगायतका कार्यक्रमहरु गर्न उनी सधैं अग्रंपंक्तीमै हुन्छन् । सुत्केरीहरुलाई पोषणयुक्त खाना खुवाउने अभियान सञ्चालन गरेका गजेन्द्र शाहीको पछिल्लो समय सामाजिक काममा अग्रसर हुनु उनको मोह नै भईसकेको छ । समाज सेवालाई उनले आत्मसन्तुष्टिको माध्यम बनाएका छन् । अरुका लागि र समाजका लागि केही न केही भलो हुने काम गर्न नै पाए खुशी हुन्छन् उनी । अरुका लागि उनी मरिमेटि लागिरहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
डाेटीमा पत्रकारद्वारा जनप्रतिनिधिलाई `कलम´ उपहार
डोटी  ६ जेठ /  नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार… विस्तृतमा