धनगढी उप–महानगरद्धारा कृषी औजार वितरण

Dhangadhi
Dhangadhi
July 08, 6:27

धनगढी,२३ असार - धनगढी उप–महानगरपालीकाले नगरका किसानहरुलाई भारी अनुदान सहित कृषी उपकरण हस्तान्तरण गरेको छ ।
सोमबार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटा र कृषी शाखा प्रमुख लोकराज उपाध्यायले संयुक्त रुपमा कृषी उपकरण हस्तान्तरण गरेका हुन ।
उप–महानगरपालिकाले २०७६ असार १० गते किसानहरुका लागि सूचना आव्हान गरेको थियो । सोही सूचनाका आवेदन दिएका किसानहरुलाई अनुदानमा पम्पसेट, बोरिङ्गहरु अनुदानमा प्रदान गरेको हो । ब्यावसायीक खेती गरिरहेका किसानहरुलाई राहत पुग्ने गरि समुह र ब्यक्तिगत फर्महरुलाई अनुदानमा कृषी समाग्री प्रदान गरिएको हो नगरप्रमुख वडले भने, यस अघि पनि बगरखेती गर्ने किसानलाई अनुदानमा कृषी सामाग्री हस्तान्तर गरेका थियौं । कृषीलाई धनगढी उप–महानगरपालीकाले प्राथमिकतामा राखेर गरिरहेको बताउदै नगरप्रमुख वडले भने, ब्यावसायीक रुपमा ब्यावसायीक कृषी पेशामा थप अनुदानका कार्यक्रम ल्याउने छौं । उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले ब्यावसायीक रुपले तरकारी खेती गरे कामका लागि बिदेशीनु नपर्ने बताए । अहिले भारतीय नागरिकहरुले हाम्रा नदिका बगरमा तरकारी खेती गरिरहेका प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने,  हामी कामका लागि भारत जादैछौं ।
धनगढी उप–महानगरपालिका कृषी शाखा प्रमुख लोकराज उपाध्यायका अनुसार साना सिंचाई निर्माण तथा मर्मत अन्तरगत ७ वटा कृषक समुहलाई ८५ प्रतिशत अनुदानमा बोरिङ्ग, पम्पसेट तथा मोटरहरु उपलब्ध गराईएको छ । त्यसैगरी केराखेती बिस्तार कार्यक्रम अन्तरगत ६ जना किसानलाई सत्प्रतिशत अनुदानमा केराको बिरुवा तथा ५१ प्रतिशत अनुदानमा  बोरिङ्ग, पम्पसेट तथा मोटरहरु उपलब्ध गराएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा