सुदूरपश्चिममा सरकारको नेतृत्व लिन काँग्रेसले थाल्यो परामर्श 

Congress
Congress
January 08, 2:44

धनगढी – सुदूरपश्चिममा सरकार गठनका लागि प्रदेश प्रमुखबाट २७ गतेको समय सीमा दिइएको छ । त्यसको कसरतमा दलहरू अघि बढेका छन् । प्रदेश सभाको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्न परामर्श थालेको छ । 

आइतबार पार्टी प्रदेश कार्यालयमा सुदूरपश्चिम प्रदेश कार्यवाहक सभापति लोकराज अवस्थीको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि परामर्श थाल्ने निर्णय गरेको हो । प्रदेश कार्यसम्पादन समितिका सदस्य सुरत रावत (डोटेली कान्छा) का अनुसार काँसको नेतृत्वमा प्रदेश सरकार गठनका लागि पार्टी प्रदेश  सभापति वीरबहादुर बलायरलाई परामर्श गर्न जिम्मा दिइएको छ । साथै उक्त बैठकबाट निर्वाचनमा खटिने सबै कार्यकर्ता तथा आम मतदातालाई धन्यवाद ज्ञापन, निर्वाचित जनप्रतिनिधिलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्ने निर्णय समेत भएको छ । 

 

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

क्रियाशिल सदस्यता नविकरण फारम बुझाउन मातहतका निकायलाई ताकेता
धनगढी । नेपाली कांग्रेस कैलालीले क्रियाशिल सदस्यता नविकरण फारम बुझाउन मातहतका निकायलाई ताकेता गरेको… विस्तृतमा
संसदीय समिति सभापतिको निर्वाचन स्थगित
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ… विस्तृतमा
विषगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक
धनगढी । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत गठित चार वटा विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक… विस्तृतमा
कांग्रेस केन्द्रीय सदस्यमा चन्द्र भण्डारीसहित ८ जना मनोनित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्… विस्तृतमा