एलपीएल : सत्यवती र लोटस आई सेमीफाइनलमा

धनगढी
धनगढी
February 12, 5:47

धनगढी - 

डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी अत्तरिया र लोटस आई स्कुल अत्तरिया कैलालीको धनगढीमा जारि अन्डर-१९ बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणको समुह 'बि' बाट सेमीफाइनल पुग्न सफल भएका छन्। 

फाप्ला मैदानमा आइतबार सम्पन्न दुई खेलमा सत्यवतीले भुवनेश्वरी बिद्या मन्दिर कंचनपुरलाई तथा लोटस आईले सैनिक आवासीय महाबिद्यालय तेघरिलाई पराजित गर्यो। 

दिनको पहिलो खेलमा सत्यवती एकेडेमीले भुवनेश्वरी बिद्या मन्दिरलाई ३९ रनले पराजित गर्यो। सत्यवतीले समुह चरणको सबै ४ खेलमा जित दर्ता गर्यो।

खेलमा सत्यवतीले दिएको १३७ रनको लक्ष्य पछ्याएको भुवनेश्वरीले १६.४ ओहरमा ९७ रनमा सबै विकेट गुमायो।

भुवनेश्वरीको लागि बिपिन धामी र कैलाश ऐरले समान १४, सुनिल चन्दले १३ तथा प्रकाश पाण्डेले १२ रन बनाए।

सत्यवतीका बलर युबराज खत्रीले सर्वाधिक विकेट लिए जसले ४ ओभरमा २३ रन खर्चिए। उनि प्लेयर अफ द म्याच घोषित भए। जित साउद र सुजन गौतमले २/२ तथा निरज भट्टले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १३६ रन बनायो।

सत्यवतीका ब्याटर खगेन्द्र जोशीले सर्वाधिक ३७ रन बनाए। यस्तै सुजन गौतमले २६, सोनु अन्सारीले १८ तथा जित साउदले अविजित १४ रन बनाए। भुवनेश्वरी विद्या मन्दिरका कैलाश ऐर, खगेन्द्र ठगुन्ना र राहुल चन्दले २/२ विकेट लिए।

दिनको दोश्रो खेलमा  लोटस आई स्कुलले सैनिक आवासीय माविलाई १०५ रनले पराजित गर्यो। समुह चारणमा सबै ४ खेल खेल्दा लोटस आईले ३ जित र १ हार दर्ता गर्यो। 

खेलमा १७३ रनको लक्ष्य पछ्याएको सैनिकले २० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा ६७ रन मात्र बनायो। 

सैनिकको लागि सन्दिप बिस्टले २४ तथा बिशाल ऐरले १६ रन बनाए। लोटसका बलर सन्तोष बिजलेले सर्वाधिक ३ विकेट तथा आयुब चन्द र प्रेम शाहले २/२ विकेट लिए। 

यस अघि टस जतेर ब्याटिंग गरेको लोटस आईले २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनायो। उसको लागि योगेश भाटले सर्वाधिक ७८ रन बनाए जुन क्रममा १० चौका र ३ छक्का प्रहार गरे। यस्तै प्लेयर अफ द म्याच समेत घोषित आयुब चन्दले ६१ रन बनाए। 

प्रतियोगिता अन्तर्गत सोमबार समुह 'ए' का दुई खेल हुनेछन्। पहिलो खेल नव बाल बाटिका बौनिया र गुराँस एकेडेमी अत्तरिया बीच तथा दोश्रो खल होलि फेमिली कंचनपुर र वेस्टर्न क्रिस्टल धनगढी बीच हुनेछ। समुह 'ए' बाट लिटल फ्लावर स्कुल धनगढीले सेमीफाइनलमा स्थान बनाइसकेको छ। 

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ । 

प्रतियोगिता धनगढी उपमहानगरपालिका धनगढी संरक्षक, लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी प्रायोजक, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल ९नेपाली जुटौँ, बाल विवाह रोकौँ० अवेरनेस पार्टनर, आइएमइ पे प्लेयर अफ द म्याच प्रायोजक रहेको छ । त्यस्तै डिजिटल लर्निंग पार्टनरमा निमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाडौँ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सह प्रायोजक हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहडी धनगढी रहेको छ । 

त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशन पब्लीकेशन प्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा।ली धनगढी, सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफ दी टुर्नामेण्ट प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा।लि। अत्तरिया रहेको छ । 

त्यस्तै सहप्रायोजकहरुमा निष्ट फाउन्डेसन काठमाडौँ, के। आई। सिंह गाउँपालिका डोटी, हस्पिटल पार्टनर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, स्किन केयर पार्टनर धनगढी स्किन केयर एण्ड एस्थेस्टिक सेन्टर धनगढी, सहप्रायोजकहरुमा  चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट प्राली  युवा समाजसेवी विनोद शाही हाल अमेरिका, दाहाल पुस्तक पसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर।एम।सी धनगढी , डिस्कभरि बोर्डिङ स्कुल धनगढी,सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन् । 

वेस्ट बलर प्रायोजक वरिष्ठ युवा  समाजसेवी जयन्ती थापा हाल अमेरिका एजुकेसन  कन्सल्टेन्सी पार्टनर एस। आ। जी।नेपाल काठमाडौँ, वेस्ट ब्याट्सम्यान प्रायोजक विद्या भूषण पब्लिक स्कुल मोहनपुर कैलाली ,सह प्रायोजक नवजीवन हस्पिटल धनगढी, समाज सेवी अर्जुनराज जोशी ९हाल कोरिया०, कामिक्षा देवी डेरी धनगढी र  विशेष अटो मोटिभ्स९हिरो० धनगढी कैलाली रहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा