सचिनको उत्कृष्ट बलिङमा लिटल फ्लावरलाई प्याब्सन कपको उपाधि

लिटल फ्लावरलाई प्याब्सन कपको उपाधि
लिटल फ्लावरलाई प्याब्सन कपको उपाधि
February 26, 8:56

धनगढी – धनगढीमा सम्पन्न चौथो प्याब्सन धनगढी क्रिकेट कप प्रतियोगिताको उपाधि लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले जितेको छ ।  आइतबार भएको फाइनल खेलमा स्टेपिङ स्टोन स्कुललाई ८ विकेटले पराजित गर्दै लिटल फ्लावरले उपाधि हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको स्टेपिङ स्टोन स्कुलले १६ ओभर तीन बलमा सबै विकेट गुमाएर ७८ रन मात्रै बनाउन सकेको थियो । स्टेपिङका ब्याट्सम्यानलाई सस्तैमा रोक्ने क्रममा लिटल फ्लावरका सचिन भट्ट एक्लैले चार विकेट लगेका थिए ।

७९ रनको सामान्य लक्ष्य पक्ष पाएको लिटल फ्लावरले १७ ओभर एक बलमा दुई विकेट गुमाएर जीत हासिल गरेको हो । लिटल फ्लावरको जीतमा नरेश बोहराले ४८ रनको पारी खेलेका थिए ।

उपाधि जितसँगै लिटल फ्लावरले नगद १ लाख १ हजार १ सय ११ रुपैंया तथा ट्रफी हात पारेको छ । उप विजेता स्टेपिङ स्टोन स्कुलले ५१ हजार १ सय ११ नगद पुरस्कार तथा ट्रफि हात पारेको छ । प्रतियोगिताको संरक्षकमा प्रदेश खेलकुद परिषद् रहेको थियो ।

प्याब्सन धनगढीले प्याब्सन फेस्टिभलकै क्रममा क्रिकेट प्रतियोगिता पनि आयोजना गरेको हो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा