किसानलाई उन्नत जातका गाई र भैंसी वितरण 

1
1
July 18, 2:30

डोटी, साउन ३ - किसानहरुलाई आयआर्जनमा जोड्नका लागि डोटीको दिपायल सिलगढी नगरपालिकाले विभिन्न किसानहरुलाई उन्नत जातका गाई र भैंसी वितरण गरेको छ ।

नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन र किसानको आयस्तर बृद्धि होस् भन्ने उदेश्यकासाथ पूर्ण अनुदानमा उन्नत जातका गाई र भैसी वितरण गरिएको दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले बताईन् । नगरपालिकाले मंगलबार मात्रै नगरपालिकाको वडा नं. ५, ६ र ७ का १३ जना किसानहरुलाई जर्सी, होलिस्टिन र रेड सिन्धी जातका गाई वितरण गरेको नगरपालिकाको पशु सेवा शाखामा कार्यरत डिल बहादुर साउँदले जानकारी दिए । आर्थिक वर्ष २०७५÷७६ को कार्यक्रम अनुसार जम्मा २० जना किसानलाई उन्नत गाई वितरण गर्ने योजना रहेकोमा वडा नं। ४ का ७ जना किसानहरुलाई केहि दिनभित्रै गाई वितरण गरिने जनाईएको छ ।

त्यसैगरी नगरपालिकाको वडा नं. १ शिरखोलीसैनका ८ जना किसानहरुलाई मुर्रा क्रस जातका भैंसी पनि वितरण गरिएको उनले बताए । सार्वजनिक सूचनामार्फत किसानहरुबाट फाराम भर्न लगाई ति फाराम उपर नगरपालिकाले स्थलगत अनुगमन गरी किसानहरु छनौट गरिएको नगरपालिकाले जनाएको छ । ढुवानी सहित पन्ध्र लाखमा २० वटा गाई र ७ लाख ६० हजारमा भैंसी खरिद गरी किसानहरुलाई वितरण गरिएको गरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।

आफुले ५ वर्षदेखि व्यवसायिक रुपमा गाईपालन गर्दै आएको र नगरपालिकाले थप दुइ वटा उन्नत जातका गाई उपलब्ध गराएकोमा साम्भवी एग्रो प्रोडक्शन प्रा।ली।का सञ्चालक रवी श्रेष्ठ दिपायल सिलगढी नगरपालिकाप्रति विशेष आभार व्यक्त गरे । यसपूर्व दिपायल सिलगढी नगरपालिकाले किसानहरुलाई बाख्रा, बोयर बोका र कुखुरा समेत पूर्ण अनुदानमा वितरण गरिसकेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा