जैविक तरकारी खेतीका लागि गौरा समाजको सहयोग 

1
1
July 24, 6:01

धनगढी, साउन ८ - नेपालमा जैविक तरकारी खेति गर्नका लागि अमेरीकामा रहेको अमेरीकामा रहेका सुदूरपश्चिमेली महिलाहरुको संस्था विसकान्सीन गौरा समाजले आर्थिक सहयोग गरेको छ ।
गौरा समाजले समावेशी तथा दिगो सामुदायीक विकास केन्द्र नेपाललाई १ लाख २५ हजार नेपाली रुपियाँको चेक बुधवार हस्तान्तरण गरेको हो । जसमध्य विसकान्सीन निवासी ऋषिका जोशीले आफुले प्राप्त गरेको पुरस्कार बाट ५० हजार सहयोग गरेकी हुन । चेक धनगढी उप–महानगरपालिकाका उप–प्रमुख र गौरा समाजका प्रतिनिधी कुल बहादुर खड्काले समावेशी तथा दिगो सामुदायीक विकास केन्द्र नेपाल सुदूरपश्चिम प्रदेश संयोजक बेद अवस्थीलाई हस्तान्तरण गरेका हुन ।
समावेशी तथा दिगो सामुदायीक विकास केन्द्र नेपाललाई सो रकम जैविक तरकारी खेतीका लागि नेट हाउस निर्माण गर्न भनेको छ । रकम धुम्ती कोषको रुपमा विकास गर्न पनि भनिएको छ । रकम हस्तान्तरण  गर्दै धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले अधिकारका साथै एकल महिलाहरुलाई आर्थिक रुपले सशक्तिकरण गर्नका लागि अमेरीकामा रहेको गौरा समाजले गरेको सहयोगले ठूलो योगदान पुग्ने बताईन । एकल महिलालाई अधिकारका साथै आर्थिक रुपले सवल बनाउनु अहिलेको आवश्यकता हो उप–प्रमुख भट्टले भनिन्, त्यसका लागि एकल महिलालाई आयआर्जनका अवसर दिनुपर्छ ।
गौरा समाजका प्रतिनिधी कुल बहादुर खड्काले नेपालमा एकल महिलाहरुका समस्या बुझेका कारण उनिहरुलाई सक्षम बनाउन गौरा समाजले सहयोग गरेको बताए । समावेशी तथा दिगो सामुदायीक विकास केन्द्रले धनगढी उप–महानगरपालिका १५ मा ८ कठ्ठा जमिनमा नेट हाउस निर्माण गरेर जैविक तरकारी खेती गर्दै आएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा