कविता : ‘केसी बा’

Ramchandra Rana
Ramchandra Rana
July 25, 6:12

कविता : ‘केसी बा’
ठुला बडा अनि सरकारलाई किन सताउँछौ केसी बा ?
पागल सरि किन गरिब बस्तीहरूमा धाउँछौ केसी बा ?
मन्त्री अनि नेताहरू झैँ अवलोकन गर हेलिकप्टरबाट,
दिन दुखीको सेवा गरेर, भन कत्ती के पाउँछौ केसी बा,
हजारौँ लासको सिंहासनमाथि सर्वहाराका नेता छन्,
किन फेरि कसको लागि नङग्रा खियाउँछौ केसी बा ?
सरकार बहिरो, जनता अन्धा फेरि कस्तो तिम्रो धन्दा,
अनसन बसेर आफ्नो आत्मा किन रुआउछौ केसी बा ??

                                                            रामचन्द्र राना

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा