बझाङमा एकल पुरुषलाई पनि प्रोत्साहन भत्ता बितरण

1
1
July 28, 6:30

बझाङ - जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर सातले पहिलो पटक एकल पुरुषलाई प्रोत्साहन भत्ता बितरण गरेको छ । राज्यले एकल पुरुषका समस्या समाधान गर्नका लागि ठोस नीति र पहल नभएको र एकल पुरुषका विभिन्न समस्या समाधान गर्ने उद्धेश्यका सात वडामा रहेका एकल पुरुषलाई प्रोत्साहन भत्ता दिकोे वडा अध्यक्ष हरिचन्द जोशीले जानकारी दिए ।

वडामा रहेका २७ जनालाई प्रतिव्यक्ति २ हजार ५ सयका दरले रकम वितरण गरिएको जोशीको कलक रतालाले बताए । स्थानीय सरकारले आफ्ना समस्या बुझेर एकल पुरुषलाई प्रोत्साहान भत्ता दिएकोमा ६० वर्षीय पदम बहादुर बमले खुसी व्यक्त गरे ।

उनले यसलाई निरन्तरता दिनमा जयपृथ्वी नगरपालिका कार्यालयलाई अनुरोध गरेका छ्न । एकल पुरुषको घरदैलोमा गएर उनीहरुलाई सम्मान गरिएको वडा अध्यक्ष जोशी बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा