धनगढीमा स्मृती बृक्ष बाटिकाको उद्घाटन

1
1
August 10, 12:18

धनगढी, साउन २५ - आफ्नो र आफ्ना आफन्तहरुको सम्झनामा बिरुवा रोप्न पाउने गरि निर्माण हुन लागेको स्मृती बृक्ष बाटिकाको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले स्मृती बृक्ष रोपेर बाटिकाको उद्घाटन गरेका हुन । धनगढी उप–महानगरपालिका , ईन्रीच नेपाल र कैलाली बहुमुखी क्याम्पसको साझेदारीमा वडा नं ८ मा स्मृती बृक्ष बाटिका निर्माण भैरहेको हो । बाटिकाको नाम कैलाली बहुमुखी क्याम्पस स्मृती बृक्ष बाटिका दिईएको छ । बाटिका निर्माणका लागि कैलाली बहुमुखी क्याम्पसले जमिन उपलब्ध गराएको छ ।
स्मृती बृक्ष बाटिकाका कुनैपनि ब्यक्तिले आफ्नो जन्म दिन, आफुन्तको जन्म दिन बा कुनै त्यस्तो पुण्ये तिथीमा बृक्षा बृक्ष लगाउन पाउँछन् नगरप्रमुख नृपबहादुर वडले भने, त्यो बृक्षमा कुन ब्यक्तिको स्मृतीमा लगाईएको हो त्यसको नाम सहितको ट्याग लगाईएको  हुन्छ । बृक्ष लगाउने ब्यक्तिले १ हजार रुपियाँ शुल्क तिर्नुपर्ने हुन्छ नगरप्रमुख वडले भने, त्यो पैशा बृक्षको संरक्षणका लागि खर्च गरिन्छ ।

1


ईन्रीच नेपालका अभिषेक नेपालले धनगढी उप–महानगरपालिकाका बिभिन्न स्थानमा यस्तै स्मृती बृक्ष बाटिका तयार गर्ने कुरामा छलफल भैरहेको बताए । स्मृती बृक्षा बाटिका निर्माण गर्ने कुरा नया अवधारणा भएको बताउदै नेपालले भने, यो पुण्ये प्राप्तीको काम पनि हो ।
धनगढी उप–महानगरपालिकाका डिभिजनल ईन्जीनियर दिजराज भट्टले बाटिकाको क्षेत्रफल झण्डै २ बिगाहा जमिन रहेको बताए ।
 
 

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा