स्मृती बृक्ष बाटिका बारेमा सरोकारवालाहरु संग छलफल

Dhn
Dhn
August 28, 2:48

धनगढी, भदौ ११ - आफ्नो र आफ्ना आफन्तहरुको सम्झनामा बिरुवा रोप्न पाउने गरि निर्माण हुन लागेको स्मृती बृक्ष बाटिकाका बारेमा जानकारी गराउने उदेश्यले बुधवार बिभिन्न क्षेत्रका सरोकारवालाहरु संग छलफल गरिएको छ ।
धनगढी उप–महानगरपालिका, कैलाली बहुमुखी क्याम्पस , ईनरिच नेपालको आयोजनामा छलफल कार्यक्रमको आयोजना गरिएको हो । छलफलमा ईनरिच नेपालका प्रवन्ध निर्देशक जिवन थापाले अन्यत्र निर्माण गरिएका स्मृती बृक्ष बाटिकाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले स्मृती बृक्ष निर्माण गर्ने अवधारणा आफैमा राम्रो भएको बताईन । उनले यसका लागि जनमानसमा आफन्तको स्मृतीमा बृक्षा रोपणगर्नु पर्छ भन्ने भावनाको विकास गराउनु आवश्यक रहेको बताईन ।
स्मृती बृक्ष बाटिकाका कुनैपनि ब्यक्तिले आफ्नो जन्म दिन, आफुन्तको जन्म दिन बा कुनै त्यस्तो पुण्ये तिथीमा बृक्षा बृक्ष लगाउन पाउँछन् धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाले भने, त्यो बृक्षमा कुन ब्यक्तिको स्मृतीमा लगाईएको हो त्यसको नाम सहितको ट्याग लगाईएको  हुन्छ । बृक्ष लगाउने ब्यक्तिले १ हजार रुपियाँ शुल्क तिर्नुपर्ने हुन्छ ।  त्यो पैशा बृक्षको संरक्षणका लागि खर्च गरिन्छ ।
कैलाली बहुमुखी क्याम्पस संगको साझेदारीमा वडा नं ८ मा स्मृती बृक्ष बाटिका निर्माण भैरहेको छ । बाटिकाको नाम कैलाली बहुमुखी क्याम्पस स्मृती बृक्ष बाटिका दिईएको छ । बाटिका निर्माणका लागि कैलाली बहुमुखी क्याम्पसले जमिन उपलब्ध गराएको छ । बाटिकाको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले स्मृती बृक्ष रोपेर साउन २५ गते नै बाटिकाको उद्घाटन गरेका थिए  
धनगढी उप–महानगरपालिकाका बिभिन्न स्थानमा यस्तै स्मृती बृक्ष बाटिका तयार गर्ने कुरामा छलफल भैरहेको छलफलमा ईनरिच नेपालका प्रवन्ध निर्देशक जिवन थापाले बताए उनले भने, यो पुण्ये प्राप्तीको काम पनि हो ।
 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा