स्वास्थ्य-सौन्दर्य
February 08, 4:07
काठमाडौं,२५ माघ / बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार कैलालीको टिकापुर नगरपालिका–८ की ६८ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो ।
दुवै डोज कोरोनाविरुद्धको खोप लगाएकी ती महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
February 07, 4:47
धनगढी,२४ माघ । कैलालीको धनगढीमा ‘कण्डम हाउस एण्ड सेक्स टोय शप’ संञ्चालनमा आएको छ । विभिन्न सहरमा हरेक वर्ष कण्डम र सेक्स टोयको व्यापार बढ्दै गएपछि धनगढीकोे ट्राफिक चौराहा नजिक कण्डम हाउस एण्ड सेक्स टोय शप सञ्चालनमा आएको हो । आज एक कार्यक्रमकाबीच सो सपको उद्घाटन गरिएको छ ।
शपको सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् व्यवसायी गोपाल हमालले उद्घाटन गरे । सो अवसरमा शप सञ्चालक राजेश खतिवडाले कण्डमका… विस्तृतमा
February 07, 4:23
डोटी २४ माघ / सुजङ्ग अस्पतालले जिल्लामा क्रियाशील पत्रकार र उनीहरूका परिवारका सदस्यलाई स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाको समन्वय अस्पतालले सहुलियत दिने निर्णय गरेको हो ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालले पत्रकार तथा उनीहरूका परिवारका सदस्यहरुलाई उपचार गर्न आउँदा औषधिमा २० प्रतिशत छुट दिने जनाएको हो । त्यस्तै ल्यावका सबै प्रकारका जाँच, एक्सरे ,… विस्तृतमा
February 03, 4:45
बैतडी २० माघ – जिल्ला अस्पताल बैतडीमा जडान गरिएका भेन्टिलेटर र आइसियु थन्किएका छन । गत वर्ष जडान भए भेन्टिलेटर र आइसियु जनशक्ति अभावका कारण थन्किएका हुन ।
दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर र आइसियु प्रयोगमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । ‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटर सहितको आईसीयू कक्ष सञ्चालनमा समस्या भएको छ । भेन्टिलेटर सञ्चालनका लागि नभई नहुने… विस्तृतमा
February 03, 4:13
धनगढी २० माघ / कञ्चनपुरको भीमदत्त नगरपालिका(१७ को बाँसखेडाकी जयन्ती भट्टका छोरा पंकज जन्मजात शारिरीक अपाङ्गता भएका व्यक्ति हुन् । २३ वर्षीय पंकज हिँडडुुल गर्न सक्दैनन् । परिवारका सदस्यले उनलाई बोकेरै भित्र बाहिर गराउँछन् ।
पंकज मात्र होइन उनका कान्छा भाइ सन्देश पनि जन्मजात अपाङ्ग छन् । दुवै दाजुुभाइको शारिरीक अवस्था प्राय मिल्दोजुुल्दो छ । भाइलाई पनि पंकजको जस्तै बोकेरै भित्रबाहिर गराउनुपर्छ ।… विस्तृतमा
February 03, 2:59
धनगढी,२० माघ / सुदूरपश्चिम प्रदेशमा १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। प्रदेशका ९ वटै जिल्लामा गरेर हालसम्म १६ लाख ६ हजार ६७३ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। पूर्ण मात्रा भने ११ लाख ४ हजार ९४६ जनाले मात्रै लगाएका छन्। प्रदेशको सबैभन्दा बढी कैलालीमा ४ लाख ७२ हजार ९७४ जनाले पहिलो मात्रा पाएका छन् भने ३ लाख ५५ हजार ७२० जनाले पूर्ण मात्राको… विस्तृतमा
February 01, 1:32
धनगढी,१८ माघ / कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलबार ६१ सय जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १७१ नमुना परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
यस्तै सेतीमा उपचाररत धनगढीका एक कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार धनगढी उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु… विस्तृतमा
January 24, 5:15
काठमाडौँ,१० माघ । नेपालले कोभिड-१९ विरुद्ध बालबालिकालाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप प्राप्त गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले उक्त परिमाणको खोप सोमबार काठमाडौं आइपुगेको जनाएको छ ।
मंगलबार थप २३ लाख ४० हजार डोज खोप आइपुग्ने विभागले जनाएको छ । सरकारले विश्व बैंकको आर्थिक सहायतामा कोभ्याक्स संयन्त्रमार्फत खोप खरिद गरेको हो । उक्त खोपका लागि आवश्यक… विस्तृतमा
January 23, 5:14
धनगढी, ९ माघ / कैलालीमा कोरोना विरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका ४ का ५३ वर्षीय रामदास डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेद प्रकाश जोशीले बताए ।
उनले आइतबार कैलाली गाउँपालिकाको के गाउँको स्वास्थ्य कार्यालयमा भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । खोप लगाएको आधा घण्टामै ती पुरुषको मृत्यु भएको बताइएको छ। तर… विस्तृतमा
January 23, 11:14
काठमाण्डौ,९ माघ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उहाँकी श्रीमती राधिका शाक्यलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।
एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गर्नु भएको थियो । पीसीआर गर्दा पोजेटिभ देखिएपछि उहाँहरु अहिले आफ्नै निवासमा आइसोलेशनमा बस्नुभएको ओलीको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सङ्क्रमण पुष्टि भएपछि… विस्तृतमा
January 22, 4:11
धनगढी ९ माघ / नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
January 22, 1:32
बैतडी,८ माघ / जिल्लामा पूर्ण खोप लगाउनेको संख्या एक लाख नाघेको छ। स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार एक लाख पाँच हजार ६५८ जनाले पूर्ण खोप लगाएका छन्। यस्तै, पहिलो मात्रा लगाउनेको संख्या भने एक लाख ३९ हजार ९८५ रहेको छ। पछिल्लो विवरणअनुसार पुर्चौंडी नगरपालिकामा २० हजार ५६८ जनाले पहिलो मात्रा र १२ हजार ७७२ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।
सदरमुकामस्थित दशरथचन्द… विस्तृतमा
January 21, 3:43
धनगढी ७ माघ/सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय शुक्रबारदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।
आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा… विस्तृतमा
January 20, 5:10
धनगढी,६ माघ / तेस्रो लहरको कोरोना संक्रमणको सुरुवातदेखि संक्रमण ग्राफ बढ्दो रहेको सुदूरपश्चिममा कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना हुने दर भने कम रहेको छ । बढीजसो संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेका कारण संक्रमित अस्पताल भर्ना हुने दर कम रहेको हो । दोस्रो लहरको कोरोना संक्रमणको बेला भने अस्पताल भर्ना हुने दर उच्च रहेको थियो । यसैगरी, संक्रमितको स्वास्थ्य जटिलता हुने, शरिरमा अक्सिजन… विस्तृतमा
January 20, 2:02
बैतडी, ६ माघ / एक साताअघि बैतडीको दशरथचन्द नगरपालिका—४ की एक महिलालाई बी पोजिटिभ रगत चाहिने भयो । २५ वर्षकी गर्भवती उनी बच्चा खेर गएर उपचारका लागि अस्पताल पुगेकी थिइन् । अस्पताल पुग्दा उनको शरीरमा जम्मा ५ प्रतिशत मात्र रगतको मात्रा रहेको स्वास्थ्यकर्मीले बताए । उनलाई तत्काल रगत आवश्यकता परेको थियो । समयमै रगत नपाउँदा ज्यानै जोखिममा पर्ने अवस्था थियो । तर रगतको जोहो गर्न निकै सकस पर्यो ।
बिरामी… विस्तृतमा