खुलामञ्चमा बाजुराको भुवा पर्व मनाइने

Bhuwan
Bhuwan
December 25, 6:47

धनगढी, पौष ९ – बाजुरेली सेवा समाजले बिहिबार धनगढीको खुलामञ्चमा यस क्षेत्रको प्रशिद्ध मौलिक पर्व भुवा मनाउने भएको छ । प्रदेश सरकारले भुवा पर्वको अवसरमा बिहिबार प्रदेशभर सार्वजनिक विदासमेत दिएको छ ।
भुवा पर्व सुदूरपश्चिमको पहाडी जिल्लामा मनाइने विशेष चाड हो ।
भुवा पर्वबारे समाजले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । धनगढीको खुल्ला मञ्च ९पुरानो एयरपोर्ट० मा विभिन्न सास्कृतिक कार्यक्रमसहित मनाइने समाजका अध्यक्ष चेतबहादुर थापाले बताए ।
भुवा पर्व पुषे औँसीको अघिल्लो मध्येरातबाट सुरु हुने पर्व हो । भुवा पर्व मनाउन बाजुराबाट बसाइसराई गरि आएकाहरु सक्रिय रहने थापाले बताए ।
असत्यमाथि सत्यको विजय अर्थात कौरबमाथि पाण्डवको विजय भएको खुसीयालीको प्रतिविम्वका रुपमा भुवा पर्व मनाउने चलन सुरु भएको कुलबहादुर हमालले बताए । भुवामा दमाहाको बाजासंगै ढाल तरवारसहित चाली खेलेर मनाइने गरिन्छ ।
भुवाको अवसरमा गायक बिनोद बाजुरेली, लालबहादुर थापा लगायत कलाकारहरुको पनि सहभागिता हुने नाइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा