अछामका सन्तोष भए नयाँ मिस्टर नेपाल

sANTOSH
sANTOSH
December 27, 5:08
काठमाडौं, ११ पौष – सन्तोष उपाध्याय नयाँ मिस्टर नेपाल बनेका छन् । बिहिबार राती होटल अन्नपूर्णमा सम्पन्न ‘मिष्टर नेपाल २०१९’ को ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका हुन् । मोष्ट ट्यालेन्ट र मोष्ट फोटोजेनिकको उपाधि समेत जितेका बिजेता उपाध्यायले उपाधिको साथमा मोटरबाइक, नगद २५ हजारको साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । अछाम ओली गाउँका सन्तोष स्वस्थ्य पेसामा कार्यरत रहेका छन् । एक्सपोज नेपालको आयोजना रहेको र शिवानी एयर मुख्य प्रायोजक रहेका प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप चुनिँदा प्रिन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप घोषित भए । बरिष्ठ कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिल्वाल, मिष्टर नेपाल अक्षयजंग रायमाझी निर्णायक मण्डलीले नयाँ मिस्टर नेपाल छनोट गरेको हो । काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरानलगायतका देशका प्रमुख शहरको अडिसनबाट छानिएका २२ प्रतियोगी स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङ, मेकअप, ड्रेसवेयर लगायत बिभिन्न विषयको प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिएको प्रतियोगितामा बेष्टट्रेडिसनल वेयर अरुण कुमार डंगोल, मिष्टर स्पोर्टस् लोकेशराज श्रेष्ठ, मिष्टर कन्जिइनेटली बिजय लामा, बेष्ट मोडल राहुल सिंह राजपुत, मिष्टर मल्टिमिडिया हिट शंकर कुलङ, मिष्टर फिटनेश विमल पाण्डे, मिष्टर डिजिपेय पपुलर अविनाश चौधरीले प्राप्त गरे । १७ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागिता रहने प्रतियोगिता युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उदेश्यले नियमित आयोजना हुँदै आएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा