‘वनिता लघुकथा सम्मान २०७६’ लघुकथाकार डा. पुष्करराज भट्टलाई

Dr Pushkar Bhatta
Dr Pushkar Bhatta
December 29, 1:29

धनगढी, पौष १३ - वनिता साहित्यिक त्रैमासिकले आफ्नो ७७ औ अङ्क नारी जीवनका लघुकथाको विशेषाङ्कका रूपमा प्रकाशित गरेको छ । यसै क्रममा बिहीबार काठमाडौँ, मण्डिखाटारमा सो अङ्कको विमोचन भयो । वरिष्ठ बाल साहित्यकार, नियात्राकार रञ्जुश्री पराजुलीको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य मातृका पोखरेलको प्रमुख आतिथ्य एवम् कथाकार इन्द्रकुमार श्रेष्ठ सरित्को सञ्चालनमा सो कार्यक्रम सञ्चालन भएको थियो । 
वनिता परिवारको तर्फबाट मञ्जिला उप्रेतीले स्वागत मन्तव्य राख्नुभएको सो समारोहमा लघुकथाकार डा. पुष्करराज भट्टलाई वनिता लघुकथा सम्मान २०७६ प्रदान गरिएको थियो । 
कार्यक्रममा सम्मानित प्रतिभाको बारेमा लघुकथाकार नारायण तिवारीले मन्तव्य राख्नुभएको सो समारोहमा वनिता त्रैमासिककी सम्पादक, प्रकाशक लक्ष्मी उप्रेती, सम्मानित स्रष्टा डा. पुष्करराज भट्ट एवम् प्रेस काउन्सिलका सदस्य चेतनाथ धमलाले मन्तव्य राख्नुभएको थियो । 
सो समारोहमा कार्यक्रमको सभाध्यक्ष रहनुभएकी रञ्जुश्री पराजुलीले वनिता त्रैमासिक मार्फत पुरस्कार प्रदान गर्ने गरी रु एक लाखको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गर्नुभएको थियो । 
सो पुरस्कार हरेक वर्ष एक जना साहित्यिक प्रतिभालाई प्रदान गरिने समेत उहाँले बताउनु भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा