जाली गाउँ माघी महोत्सवमा पेनाल्टी सुट आउट फुटवल तथा भलमन्सा चयन हुने

Celebration
Celebration
January 06, 7:48

कैलाली २१ पुस - जाली गाउँ माघी महोत्सव २०७६ बाट थारु समुदायले भलमन्सा चयन गर्ने भएका छन् । धनगढी उपमहानगरपलिका ६ जालीमा पुस २९ देखी माघ ३ गते गते सम्म लाग्ने माघी महोत्सवमा भलमन्सा र चौकिदार चयन गर्ने कार्यक्रम रहेको छ ।

हरेक बर्ष स्थानिय कला संस्कृति, पर्यटन, व्यापार प्रर्बद्धनका लागी लाग्ने माघी मेला यस बर्ष महोत्सवको रुपमा लाग्ने आयोजक न्यु उपदेश यूवा क्लबका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।

महोत्सवमा भलमन्सा खोज्नी बोज्ने, पेलान्टी सुटआउट फुटवल प्रतियोगिता, थारु समुदायका कला संस्कृतीको प्रदर्शनी, माघी स्नान, थारु समुदायका खानपानका परिकाहरु, थारु समुदायको सकिया नाच लगाएतका कार्यक्रमहरु रहेको महोत्सवका मुल आयोजक समितिका संयोजक बेदप्रशाद चौधरीले जानकारी दिएका छन् ।
पुस २९ गते महोत्सव सुरुको दिन पेलान्टी सुटआउट प्रतियोगिता हुने आयोजक क्लवका खेलकुद संयोजक प्रकाशकुवँरले जानकारी दिए । प्रतियोगितामा विजताले ५० हजार र उपविजेताले २५ हजार प्राप्तगर्ने छन् । भने प्रतियोगितामा ५० टिम भन्दा बढीको सहभागीता रहने उनले बताए ।

यस्तै माघ १ गते भक्तजनका लागि कुण्डमा स्नानको व्यवस्था, पुजा पाठ तथा भजनकृतन र रमाईलो मेलाको कार्यक्रम रहका छन्, भने माघ ३ गते भलमन्सा चयन गर्ने कार्यक्रम रहेको छ । विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने महोत्सवमा निशुल्क स्वास्थ्य चेकजाचँ र ईन्टनेटको व्यवस्था गरिएको छ ।

भ्रमण बर्ष २०२० लाई सफलपार्न थप टेवापुग्ने उद्देश्यका साथ आयोजना हुन लागेको महोत्सवबाट थारु संस्कार, संस्कृति र खानपानको अनुभब गर्न सकिने छ । महोत्सव अवधिमा निशुल्क प्रवेशको व्यवस्था गरेको छ भने ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा