सैनिक आवासीय महाविद्यालय तेघरीको अभिभावक दिवस सम्पन्न

Sainik School Teghari
Sainik School Teghari
January 30, 12:52

धनगढी, १६ माघ – सैनिक आवासीय महाविद्यालय तेघरी, कैलालीको नवौँ अभिभावक दिवस भव्यताकासाथ सम्पन्न भएको छ । सुदूरपश्चिम पृतना हेड क्वाटरका पृतनापति तथा महाविद्यालय सञ्चालक समितिका अध्यक्ष उप रथी वालकृष्ण कार्कीको प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रममा बुधवार विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद तथा पुरस्कार वितरण गरिएको थियो ।
स्वच्छ तथा शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्दै कार्यक्रममा महाविद्यालयका सम्पर्क अधिकृत सेनानी नीरज भण्डारीले अतिथिहरूलाई स्वागत गर्नु भएको थियो । महाविद्यालयमा नियमित रूपमा प्रशिक्षण गराइने खेल तेक्वान्दो, राष्ट्रिय सेवा दलका विद्यार्थीहरूले आफ्नो कौशल प्रदर्शन गरेका थिए ।

Sainik School Teghari
शैक्षिक सत्र २०७५ मा विभिन्न विधामा तथा कक्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थी एवं शिक्षक कर्मचारीहरूलाई प्रमुख अतिथिले पुरस्कृत तथा प्रशंसीत समेत गर्नुभएको थियो ।

Sainik School Teghari
 कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै सुदूरपश्चिम पृतनाका पृतनापति उप रथी वालकृष्ण कार्कीले  महाविद्यालयको चौतर्फी विकास गर्दै अब्बल शैक्षिक केन्द्रका रूपमा विकसित गर्ने  कार्यमा महाविद्यालय अविराम लागिरहने विश्वास व्यक्त गर्नुभयो । साथै प्राप्त सफलता र उपलब्धिहरूको प्रशंसा समेत उहाँले गर्नुभएको थियो । महाविद्यालयका प्रिन्सिपल अशोकराज खातीले उपस्थित सम्पूर्ण अभिभावक तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन व्यक्त गर्दै आगामी दिनमा महाविद्यालयको अझ बढी उन्नयन र प्रगति हुने कुरामा जोड दिनुभयो । कार्यक्रममा विद्यालयले प्रत्येक वर्ष प्रकाशन गर्दै आइरहेको वार्षिक मुख पत्र ‘गोदावरी’ को नवौँ अङ्कको विमोचन भएको थियो  ।

Sainik School Teghari

नवौँ अभिभावक दिवस समारोहमा नं २५ बाहिनीका बाहिनी पति,  नं ५ का बाहिनी पति, महासेनानीहरू, प्रमुख सेनानीहरू, विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधि, शैक्षिक संस्थाका प्राचार्य तथा प्रिन्सिपल, खेलकुद, सङ्घसंस्थाका प्रमुख, विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व, अधिकृत वर्ग तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको विद्यालयका शिक्षक हर्क बोहराले जानकारी दिए । कार्यक्रमको सञ्चालन शिक्षक केपी कलौनी र शान्ति उप्रेतीले  गरेका थिए । 

Sainik School TeghariSainik School TeghariSainik School Teghari

 

 

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा