कमेडी च्याम्पियनको अन्तिम ३ मा पुग्न सकेनन् ‘मेक्सम’

Mexam
Mexam
February 24, 11:58

काठमाडौं, १२ फागुन - चर्चामा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनलमा पुग्नबाट बिष्णु प्रसाद पौडेल ‘मेक्सम’ बाहिरिएका छन् । उनी, अन्तिम चरणमा प्रवेश गर्नबाट बञ्चित भएका छन् । उसो त, शोको छायांकन शनिबार भएसँगै मेक्सम बाहिरिएको चर्चा सामाजिक संजालमा नचलेको होइन ।

तर, च्याम्पियनको टिमले भने यस बिषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । अब, कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । उत्कृष्ट ४ को प्रस्तुतीमा हिमेश ‘पर्फमर अफ दि राउण्ड’ बनेर टप ३ मा सुरक्षित बनेका हुन् ।

यो शो आज बेलुकी प्रशारण हुँदैछ । तर, शो प्रशारण अगाडि नै मेक्सम बाहिरिएको खबर सार्वजनिक भएपछि दर्शकमा अन्तिम ३ मा को पुग्नेछन् भन्ने कौतुहलता भने रहने छैन ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा