विद्यालयमा संचालित शारीरिक स्वास्थ प्रारम्भिक जाँचको अनुगमन

student
student
March 06, 9:55

डोटी, फागुन २३ - डोटीको पुर्बी चौकी गाउँपालिका- ६ मा पर्ने साजेन्द्रेश्वर माध्यमिक विद्यालयमा ४ सय ६० जनाको शारीरिक स्वास्थ प्रारम्भिक जाँच  गरिएको छ।   सामुदायिक बिकास केन्द्र डोटी र वर्ल्ड भिजन इन्टरनेशनलद्वारा समुदायमा आबद्ध बालस्पोन्सर सीप परियोजना  अन्तर्गत  विद्यार्थीहरुको सामान्य शारीरिक परिक्षण संचालनको बिहीबार अबलोकन तथा अनुगमनका क्रममा जानकारी गराइएको हो ।  विद्यालयमा गरिएको सामान्य स्वास्थ जाँच परिक्षणमा ३९ जनामा समस्या देखिएकाे साजेन्द्रेश्वर माद्यामिक बिद्यालयका स्वास्थ फोकल शिक्षक बिस्नु दत्त अवस्थितले जानकारी दिए। १२ जनामा आखाको समस्या ,७जनामा कानको समस्या र २० जना विद्यार्थीमा दातको समस्या रहेको अवस्थिले बताए ।  जटिल समस्या भएका विद्यार्थीहरुलाइ नजिकको स्वास्थ चौकी पठाउने गरेको  स्वास्थ फोकल शिक्षक अवस्थीले बताए ।  विद्यालयमा अध्ययनरत विद्यार्थीको पोषण अवस्था,तौल , उचाई ,दृस्टी जाँच,श्रवण क्षमता जाँच र दातको सामान्य परिक्षण गरिएको अवस्थिले बताए । सामान्य स्वास्थ परिक्षण जाँचलाई निरन्तरता दिन वडा भित्र रहेका बिद्यालयमा सक्दो सहयोग गर्ने पुर्बी चौकिगाउपालिक वडा नम्बर १ का वडा अध्यक्ष अन्क बहादुर खड्काले बताए ।  त्यस्तै पुर्बी चौकी गाउँ पालिकामा कार्यरत  विद्याल निरीक्षक बिनोद भट्टले सामान्य स्वास्थ जाचले विद्यार्थीहरुको स्वास्थ अवस्था बुझ्न् ठुलो सहयोग पुग्ने बताए । त्यस्तै पुर्बी चौकी गाउँ पालिका स्वास्थ चौकी संयोजक राजु खड्काले यस्ता कार्यक्रमलाई प्रभावकारी र निरन्तरतामा जोड दिनु पर्ने बताए ।  त्यस्तै अनुगमन कार्यक्रममा बोल्दै सामुदायिक बिकास केन्द्र डोटीका उपाध्यक्ष सुनिल घर्तीले यस्ता कार्यक्रमलाई निरन्तरता दिन स्थानीय तहले विशेष भुमिका खेल्नु पर्ने बताए ।अनुगमन कार्यक्रममा सामुदायिक बिकास केन्द्र डोटीका स्पोन्सर सीप टिम लिडर सुनिल जोशीले, वल्र्ड भिजन ईन्टरनेसनल  नेपाल डोटीका स्पोन्सर सीप फिल्ड  संयोजक  गाङ्गि बलायर , पत्रकार लगायको सहभागिता रहेकोे थियोे । कार्यक्रम लागू भएका विद्यालयमा अनुगमन तथा अबलोकन भइरहेको जनाइएको छ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा