हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको अध्यक्षमा पुनः डोटेली कान्छा

Diteli kanchha
Diteli kanchha
March 08, 10:46

धनगढी, फागुन २५ - हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको प्रथम साधारणसभाले अध्यक्षमा पुनः सुरत रावत ( डोटेली कान्छा) लाई चयन गरेको छ  । धनगढीको इमेज होटेलको सभाहलमा भएको प्रथम साधारणसभाबाट उपाध्यक्षमा दलबहादुर बोगटी, सचिवमा प्रेम बिबश चन्द, सह-सचिवमा मेघा भट्ट  र कोषाध्यक्षमा युवराज जोशी चयन हुनु भएको छ । त्यस्तै सदस्यमा तोयनाथ भट्ट, माया पाण्डेय, हरि भट्ट र दिपिका शाही चयन हुनु भएको छ  । 
      हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका अध्यक्ष सुरत रावत डोटेली कान्छा को सभापतित्वमा भएको कार्यक्रममा कैलाली जनपुस्तकालयका अध्यक्ष साहित्यकार एवं संस्कृतिकर्मी डा. टि एन जोशी प्रमुख अतिथी रहनु भएको थियो । संस्थाका उपाध्यक्ष दलबहादुर बोगटीले स्वागत मन्तब्य गर्नु भएको कार्यक्रमको सञ्चालन प्रेम बिबश चन्दले गर्नु भएको थियो ।

Doteli kanchha

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा