साल्ट ट्रेडिङले संचालन गर्‍यो नुन र चिनिको होम डेलिभरी सेवा

Salt Trading
Salt Trading
April 03, 2:35

धनगढी, चैत्र २१ - साल्ट ट्रेडिङ कर्पोरेसनको धनगढी कार्यालयले उपमहानगर भित्र नुन र चिनिको होम डेलिभरी सेवा संचालन गरेको छ । बिगत ४ दिनदेखि होमडेलिभरी गरिरहेको कार्यालयले हालसम्म २५ हजार पाँच सय किलो नुन र २ हजार २ सय ५० किलो चिनी वितरण गरिसकेको कार्यालय प्रमुख केशव प्रसाद पाण्डेले बताए । 
साल्ट ट्रेडिङले नुन प्रतिकेजी १९.२० मा र चिनी ७५ रुपैयाँ प्रतिकिलोका दरले वितरण गरिरहेको छ । 
धनगढी उपमहानगरले होम डेलिभरिका लागी ट्रीप्पर उपलब्ध गराएको छ । उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुड्भरीले यसरी वितरण गरिएको नुन र चिनिले लक डाउन कार्यान्वयन संगै आम नगरबासीलाई समेत सहयोग पुग्ने भएकाले नगरपालिकाले आफ्नै सवारी उपलब्ध गराएर बितरण गर्न लगाएको बताए । उनले जनतालाई लक डाउनमा यसले निकै राहत पुगेको पनि दाबी गरे । 
आज पनि ६ हजार किलो नुन र ३ हजार ५ सय किलो चिनीसहित कर्पोरेसनका कर्मचारी वितरणका लागि नगर क्षेत्रमा पठाएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए । 
अन्य स्थानीय तहले पनि वितरण गर्न चाहेमा कार्यालयबाट समन्वय गरी लैजान सक्ने उनको भनाइ छ । 

saltSaltSalat

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा