तीन वटा लघु वित्त द्वारा सुदूरपश्चिम सरकारलाई डेढ लाख सहयोग हस्तान्तरण

Rahat
Rahat
April 12, 7:09


धनगढी, ३० चैत्र – सुदूरपश्चिम प्रदेश सरकारको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्नका लागि भनेर सुदूरपश्चिमका प्रमुख तीन वटा लघु वित्त वित्तीय संस्थाले संयुक्त रूपमा डेढ लाख बढी रकम सहयोग गरेका छन् । सुदूरपश्चिममा केन्द्रीय कार्यालय भएका एनआरएन, किसान र घोडीघोडा वित्तीय संस्थाले संयुक्त रूपमा ५१÷५१ हजारका दरले १ लाख ५३ हजार नगदका तीन वटा चेक आज अर्थमन्त्री झपट वोहरालाई हस्तान्तरण गरेका हुन । 
उक्त रकम तीन वटै संस्थाका कार्यकारी अधिकृतहरू क्रमशः इन्द्र कुमार शाह, खिमाराज न्यौपाने, कृष्ण प्रसाद बजगाईँ र कुन्नु नारायण चौधरीले आज संयुक्त रूपमा मन्त्री वोहरालाई हस्तान्तरण गरे ।  
यसै गरी एनआरएन र किसानले कर्णाली प्रदेश सरकारलाई पनि ५०÷५० हजार सहयोग गर्ने जनाएका छन् । उक्त रकम वित्तीय संस्थाका सम्पूर्ण कर्मचारी तथा सञ्चालकहरूको सहयोगमा प्रदान गरिएको उनीहरूले बताए । 
सो क्रममा सहयोग प्रदान गर्ने तीन वटै वित्तीय संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै मन्त्री वोहराले विभिन्न सहयोगी निकायका यस्ता सहयोगले प्रदेश सरकारलाई कोरोनाको जोखिम न्यूनीकरण, व्यवस्थापन, उपचार तथा विपन्न नागरिकको सहायताका लागि सरकारलाई महत्त्वपूर्ण टेवा पु¥याएको बताउनु भयो । 
सुदूरपश्चिम प्रदेश सरकारको कोरोना भाइरसको जोखिम नूनिकरण तथा व्यवस्थापन कोषमा ४१ करोड २३ लाख बढी रकम जम्मा भएको उहाँको भनाई छ । आजसम्म ४१ करोड २३ लाख ७३ हजार रकम जम्मा भइसकेको र सहयोग जुट्ने क्रम जारी रहेको मन्त्री वोहराले बताउनु भयो । 
उहाँले स्थानीय तहबाट विपन्न परिवारलाई राहत वितरणको प्रक्रिया छिट्टै अगाडी बढ्ने समेत बताउनु भएको छ । प्रदेश सरकारले प्रति परिवार तीन हजारका दरले दिने भनेर नीतिगत निर्णय गरेको १५ करोड २६ लाख रुपैयाँको राहत रकम स्थानीय तहलाई अख्तियारी पठाउन आजबाट सुरु भइसकेको उहाँले जानकारी दिनु भयो ।
अब स्थानीय तहले उक्त रकमको व्यवस्थापन गरी विपन्न नागरिकहरूलाई राहत वितरण गर्ने उहाँको भनाई छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा