कविता: नयाँ वर्ष

bhan singh dhami
bhan singh dhami
April 13, 9:55


            भान सिंह धामी
पात्रो फेर्न हतार छैन मनमा नौलो नयाँ वर्षको
देऊ क्यै उपहार हे! सकलमा सम्पुर्णता हर्षकाे
यो सन्जोग कसो विधान बलियो सङ्घर्ष उत्कर्षकाे
लाखौंलाख छ कामना नमन हे! आस्था र निष्कर्षकाे।

होला सुन्दर यो अझै समयको मैलो हरायो भने
थाम्ने हो नि सतर्कता यदि कतै त्यो लर्खरायो भने
बाली काट्न सबैजना जतनले लागे कि खेतैतिर
आफ्नो भाग्य कता छ हो वरवधू हेर्छन् पुरेतैतिर।

राम्रो काम अनेक गर्न सबले हातै उचाली दिने
आओ आज गरौं अठोट सबले सन्ताप फालीदिने
झुल्केला नि विकासको लहर त्यो गावै सबै पालिका
लौ ल्याओस् सब याेजना कुशलता नौलो नयाँ तालिका।

आओस् शान्ति अथाहको अमनको भित्रै तथा बाहिरै
होउन् मानव सत्यको सु-पथमा सारा सबै माहिरै
साझा शान्ति र सिर्जना मधुरता फैलेर आओस् वरै
सारा जीव विनासको निरसता वैलेर जाओस् परै।

लौ लौ स्वागत है नयाँ समयमा यो जङ्ग सङ्घर्षमा
जित्ने हाे सजिलै डटेर दुनियाँ नौलो नयाँ वर्षमा
मेरो यो शुभकामना सबजना आनन्दमा बेर्न हो
बैशाखै अनि चैतमाझ दुनियाँ विश्वाशमा घेर्न हो।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा