शिखर नगरपालिकाको कपल्लेकी वडालाई साढे दुई लाख बराबरको राहत सामाग्री हस्तान्तरण

rahat
rahat
April 13, 8:04

डोटी, वैशाख १ - डोटीको शिखर नगरपालिकालाइ झन्डै साढे २ लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिएको छ । `सेवा नै धर्म हो´भन्ने मुल उदेश्यका साथ सुरु गरिएको श्री केदार बिपत व्यवस्थापनको टीमले आज नगरपालिकाको वडा नम्बर १ कपल्लेेेेकीका वडा अध्यक्ष खडक शाहीलाई उक्त राहत हस्तान्तरण गरेको हो । 
राहत हस्तान्तरण पछि अभियन्ता कलेन्द्र शाहीले भने, `विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड - १९ (कोरोना भाइरस ) को कारण सृजना भएको असहज मानविय जिवन र संकटको यस घडीमा सबैले सावधानि अपनाउन जरुरी छ। तर सावधानी कै लागि गरिएको लकडाउनको कारण दैनिकी गुजार्न र स्वास्थ्य सावधानीका लागि अति आवश्यक सामाग्रीको अभावमा रहेका नागरिकहरुलाई सहुलियत पुर्याउने उदेश्यले अभियान थालेका हौं ।´
आज १ सय कठ्ठा चामल, ७ सेट पीपीई, ३ हजार २ सय पीस मास्क, १ हजार ८ पीस साबुन, २० बोरा सोयाविन, ४ लिटर सेनिटाईजर र २० जोडी सर्जिकल समेतगरी २ सय २० जोडा पन्जा हस्तान्तरण गरिएको उनको भनाइ छ । 
अभियान बल राम भट्ट, कलेन्द्र शाही, गणेश शाही, नर ब नेगिलगायतको अगुवाईमा संचालन गरिएको हो । 

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्र संघको… विस्तृतमा
कञ्चनपुरमा प्रेमी संगै प्रेमीकाले गरिन देहत्याग
महेन्द्रनगर ।  कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका-८ धामी… विस्तृतमा
सुदूरपश्चिम सभा सचिवालयको भवन मर्मतमा अनियमितता भएको…
धनगढी। सुदूरपश्चिम प्रदेश सभा सचिवालयको भवन मर्मतमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ।… विस्तृतमा
‘रामारोशन त साँच्चिकै सुन्दर रहेछ’
कमलबजार । विश्वका विभिन्न देशका करिब छ सय नागरिक यति बेला अछाम जिल्लाको पर्यटकीय क्षेत्र रामारोशनमा… विस्तृतमा