सिडिसि डोटीद्वारा १ सय १२ बालबालिकालाई शैक्षिक सामग्री वितरण

CDC Doti
CDC Doti
June 28, 7:45

डोटी, असार १४ – सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले जिल्लाका  ६ वटा विद्यालयका १ सय १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र सामुदायिक बिकास केन्द्रको संयुक्त साझदारिमा संचालित कोभर परियोजना अन्तर्गत लकडाउनले पठनपाठन अबरुद्य भइरहेका बेला प्रारम्भिक कक्षा १–३ सम्मका बिद्यार्थीहरुलाई पठनपाठनमा सहयोग होस् भन्ने हेतुले शैक्षिक सामग्री बितरण गरिएको हो । 
प्रत्येक बालबालिकालाई ४१० रुपैयाका दरले करिव ४६ हजार बरावरको सामाग्री बितरण गरिएको छ । शैक्षिक सामाग्रीहरुमा प्रत्येक बालबालिकालाई किताव १ थान, चित्रकला तथा मनोरञ्जनात्मक र जिवन उपयोगी ज्ञान भएको कापी २ थान,पेन्सिल ३ थान, डटपेन २ थान र इरेजर ५ थान रहेका छन् । 
साथै उक्त संस्था द्वारा संचालित कोभर परियोजना अन्र्तरगत दिपायल सिलगढी नगरपालिका र आदर्श गाँउपालिकाका ७५ जना बालबालिकालाई सरसफाई सामाग्री  पनी बितरण गरिएको छ । 
सरसफाई सामग्री अन्तर्गत प्रत्येक बालबालिकाहरुलाई नुहाउने साबुन ६ थान, लुगा धुने साबुन ४ थान, तौलया, दाँत माझ्ने ब्रस, दन्तमन्जन, काईयो, साबुनदानी, सामाग्री राख्ने झोला, नेलकटर र जानकारीमुलक पर्चा एक एक थानका दरले प्रति बालबालिका रु।७२८ बराबरको सामाग्री बितरण गरिएको छ । 
नेपाल कोभर परियोजना संचालनमा रहेका डोटी जिल्लाका आर्दश गाउँपालिका, सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका करिब ४२०० बालबालिकाहरुलाई सरसफाई सामाग्री र कक्षा १ देखि ३ सम्म अध्ययनरत करिव १४०० बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गर्ने लक्ष्य रहेको सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीका अध्यक्ष हेमराज जोशीले बताउनु भयो ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा